Skip to content
LAXMI SUNRISE BANK

प्रचण्डलाई कलाकार दिपकराज गिरीको प्रश्न : खाइनखाई आईपिओ भर्ने ४७ लाख नव सामन्तहरुलाई के गर्ने कमरेड ?

अर्थ सरोकार

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले दिएको पूँजीबजारको अभिव्यक्तिप्रति कलाकार एबं फिल्म निर्माता दिपकराज गिरीले पनि प्रश्न गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रचण्डलाई अब ती खाइ नखाइ गरेर लहैलहैमा भएपनि लागेर ४७ लाख डिम्याट खाता खोलेका नव सामन्तहरूलाई चाहिँ चाहि के गर्ने त कमरेड ? भनि प्रश्न गरेका हुन् ।
प्रचण्डले एक सार्वजनिक सम्मेलनमा पूँजीबजारमा लगानी बढिरहेको र पहिले पुँजी उत्पादनमा, उद्योगमा लगानी हुनेमा अहिले पुँजीमै पुँजी लगानी भईरहेको र त्यो राम्रो कुरा नभएको उल्लेख गरेका थिए । र त्यसको अहिले जनस्तरबाट व्यापक विरोध पनि भैरहेको छ ।
 
हेर्नुहोस् उनले सामाजिक सञ्जाल फेसबुकमार्फत व्यक्त गरेको धारण :
आज म लेख्दैछू …..
१) प्रचन्ड कमरेडको पूरानो महावाणी –
बुर्जुवा शिक्षा सामन्तीहरूको शिक्षा हो !
यति भन्नाले धेरै मानिस अनपढ नै रहे र अहिले पनि पछुताइ रहेका छन् !
उहॉकै कतिपय कार्यकर्ताहरू अहिले बूढेसकालमा स्कूल गएर त्यहि छुटेको पूरानो शिक्षा पढिरहेका छन् !
२) अहिले फेरी एक्कासी नयॉ महावाणी आयो
शेयर बजार सामन्तीहरूको बजार हो !!!
तपाइले भने जस्तै कतिपय ले कल कारखाना पनि नखोल्या हो र कमरेड ?तर अनावश्यक रूपमा तपाइहरू ले यूनिएनहरू गठन गरेर हडताल गराइ गराइ साहुजी हरूकै बाह्र बजाएर उठिवास नै लगाइयो नि होइन र?
अब आफ्नै कुरा गरौ
फिल्म हल खोलौ भनेको त्यों “फ़िल्म “भन्ने
चिज पनि बिलासितामा पर्ला कि नपर्ला ?
सामन्तीहरूको लिष्ट मै परिएर भोलि फेरी अप्ठेरो पर्ला भनेर सोधेको मात्रै हो कामरेड!
कि ब्यूटी पार्लर खोलौ त?
हुनत धनाढ्यका बूढीहरू , छोरीहरू जाने ठॉउ त्यो पनि पक्कै सामन्तबादी लगानि मै पर्छ होला ?
अब के मा लगानि गरौ त?
अब ती खाइ नखाइ गरेर लहैलहै मा भएपनि लागेर ४७ लाख डिम्याट खाता खोलेका
नव सामन्तहरूलाइ चाहि के गर्ने त कमरेड ?
आफ्नो कमाइ लाइ कॉहा लगाउने त ?
ताकि हाम्रो लगानी सामन्तबादी लगानी नहोस !
प्लिज कमरेड भनिदिनु पर्यो!
तपाइको लगानि कॉहा छ ?
कि त्यहि लगानि गर्न प्रेरित गरिदिनु पर्यो ,
मलाइ त सामन्त हुने मन फिटिक्कै छैन के गर्ने होला ? …,,,,कि यसो गरौ
बिदेशी बैकमै लगेर राखौ त कमरेड ?
त्यसो गर्दा कसो होला ?
जे जसरी हुन्छ मलाइ सामन्त हुन बाट बचाउनुस कमरेड म हातै जोड्छू!
म लगायत थुप्रै जनताले जय गॉउने छन कमरेड!
लाल सलाम!!!
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK