काठमाडौं । एभरेष्ट बैंकले २७औं वार्षिक साधारणसभा भोलि मंगलबार (पुस १ गते) हुँदैछ । सभा बैंकको केन्दीय कार्यालय लाजिम्पाट काठमाडौंमा बिहान ११.३० बजे हुने भएको हो । बैंकले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई ६% बोनस सेयर र कर प्रयोजनसमेत गरी ४.४०% नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पेश गर्दैछ ।
सभामा बोनस वितरणपछि चुक्ता पुँजी वृद्धि हुने भएकाले प्रबन्धपत्र तथा नियमावली संसोधन गर्ने एजेन्डा पनि छ । यस्तै आर्थिक वर्ष २०७७/७८ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ ।
आर्थिक वर्ष २०७८/७९ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ । सभा तथा लाभांश वितरणको लागि बैंकले मंसिर १७ गते बुक क्लोज गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्