×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एक्सेल डेभलपमेन्ट बैंकको ८७ हजार १०० कित्ता संस्थापक सेयर बिक्री खुला, संस्थापक सेयरधनीले मात्रै आवेदन दिन पाउने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

एक्सेल डेभलपमेन्ट बैंकको ८७ हजार १०० कित्ता संस्थापक सेयर बिक्री खुला, संस्थापक सेयरधनीले मात्रै आवेदन दिन पाउने

Artha Sarokar

२१ मंसिर २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं ।  एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले ८७ हजार १०० कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकका ३ जना संस्थापक सेयरधनीले आफ्नो स्वामित्वमा रहेको ८७ हजार १०० कित्ता सेयर बिक्री गर्ने भएका हुन् ।

जसमा संस्थापक सेयरधनी शेखरराज बस्ताकोटीले ७० हजार कित्ता, इन्दु तुलाधारले १० हजार कित्ता र दिपक कुमार सरावगीले आफ्नो नाममा रहेको ७ हजार १०० कित्ता सेयर बिक्री गर्न लागेका हुन् ।
सो सेयरमा बैंककै संस्थापक सेयरधनीले मात्रै आवेदन दिन पाउनेछन् भने सो सेयरको मूल्य भने तोकिएको छैन ।  सेयर खरिद गर्न इच्छुक संस्थापकले आज मंगलबारदेखि ३५ दिनभित्र बैंकको प्रधान कार्यालय विर्तामोड झापामा निवेदन दिनुपर्नेछ ।
बैंकले तोकेको समयसम्म संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिनेछ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी