×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

हराएका जनरल इन्स्योरेन्स कम्पनीका कर्मचारी हेटौँडामा फेला, के थियो झमेला ?

काठमाडौँ । सम्पर्क विहिन भएका जनरल इन्स्योरेन्स कम्पनीका एक कर्मचारी फेला परेका छन् । उच्च तहमा कार्यरत उनि सम्पर्क विहिन भएको ६ दिनपछि फेला परेका हुन् । कार्यरत संस्था अर्थात् जनरल इन्स्योरेन्स कम्पनी र घर परिवारलाईसमेत थाहा नदिई बेपत्ता भएका उनि हेटौडामा ६ दिनपछि फेला परेका हुन् ।
सो संस्थामा उनि उच्च तहको जिम्मेवारिमै रहेको बताइएको छ । यद्यपि उनि नाम भने गोप्य राखिएको छ । ती कर्मचारीले बेपत्ता भएको ४ दिनसम्म कुराकानी नगरेको, शंकास्पद व्यवहार देखाएपछि उनका आफन्त उनलाई खोज्दै कम्पनीको केन्द्रिय कार्यालय हात्तिसारस्थित कार्यालयमा पुगेका थिए ।
त्यसपछि कम्पनी र परिवारका सदस्यहरुले उनको खोजीकार्य सुरु गरेका थिए । खोजी कार्यपश्चात कम्पनीका ती कर्मचारी हेटौडामा फेला परे । सो स्थानमा फेला परेका उनले आफू त्यतिकै अलमलिएर हेटौडा आईपुगेको जानकारी गराएको बताएइको छ । सो सम्बन्धमा कम्पनीका अन्य उच्च तहका कर्मचारीहरुसंग थप बुझ्न खोज्दा उनीहरुले केहि बताउन चाहेनन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: