×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

शोधनान्तर स्थिति एक खर्ब ५० अर्ब ३८ करोड रुपैयाँ घाटामा, एक महिनामा ७४ अर्बले घाटा थपियो

LAXMI SUNRISE BANK
GLOBAL

शोधनान्तर स्थिति एक खर्ब ५० अर्ब ३८ करोड रुपैयाँ घाटामा, एक महिनामा ७४ अर्बले घाटा थपियो

२९ मंसिर २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको चार महिनामा देशको शोधनान्तर स्थिति एक खर्ब ५० अर्ब ३८ करोड रुपैयाँ घाटामा रहेको जनाएको छ । राष्ट्र बैंकले बुधबार कात्तिक महिनाको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन सार्वजनिक गर्दै यस्तो जनाएको हो । गत आर्थिक वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ११० अर्ब ६५ करोड रुपैयाँले बचतमा थियो ।
चालु आर्थिक वर्षको कात्तिक महिनामा मात्र शोधनान्तर घाटा ७४ अर्ब २४ करोड रुपैयाँ थपिएको छ । चालु आर्थिक वर्षको अजोजसम्ममा शोधनान्तर स्थिति ७६ अर्ब १४ करोडले घाटामा थियो । तर, कात्तिक महिनामा मात्रै पहिलो त्रैमासको कुल घाटा जति नै नोक्सानी थप भएको हो ।
यस्तै अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ९३ करोड १७ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १ अर्ब २६ करोडले घाटामा रहेको छ । चालु आवको चार महनामा चालु खाता २२३ अर्ब १९ करोडले घाटामा रहेको छ । गत आवको सोही अवधिमा अवधिमा चालु खाता १९ अर्ब १ करोडले बचतमा रहेको थियो ।
अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १५ करोड ८६ लाखले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा १ अर्ब ८८ करोडले घाटामा रहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी