×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘अत्ति’ गरेपछि गुराँस लाइफका कर्मचारीले सीइओ कुटे, विभेदले हद नाघेको दाबी !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

‘अत्ति’ गरेपछि गुराँस लाइफका कर्मचारीले सीइओ कुटे, विभेदले हद नाघेको दाबी !

Artha Sarokar

९ पुष २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीका कर्मचारीहरुले प्रमुख कार्यकारी अधिकृत विपिन कुमार लालको घाँटी समातेका छन् । गैर कानुनी रुपमा कर्मचारी सरुवा तथा पदस्थापन गरेको भन्दै कर्मचारीहरुले सीइओ लालको घाँटी समातेका हुन् ।
एलआईसी नेपालबाट आफूसँगै ११ जना कर्मचारी लिएर आएको र गुराँस लाइफ इन्स्योरेन्समा दशकभन्दा लामो समयदेखि काम गर्दै आएका कर्मचारीहरुलाई विभेदपूर्ण तरिकाले सरुवा गर्ने, पद घटुवा गर्ने कार्य गरेको झोंकमा कम्पनीको केन्द्रीय कार्यालयमा कर्मचारीहरुले उनको घाँटी समेतका हुन् ।
एलआइसी नेपालबाट केही महिना अघि गुराँस लाइफ इन्स्योरेन्समा सीइओ बन्न पुगेको लालले क्षेत्रीय ९प्रदेश० प्रमुखहरुलाई शाखामा सरुवा गरेका थिए । साथै एक तह बढुवा गरी एलआईसी नेपालबाट लगेका कर्मचारीहरुलाई साथ् दिने, गुराँस लाइफ इन्स्योरेन्स कम्पनीमा बर्षौदेखि काम गर्दै आएका कर्मचारीहरुलाई हेप्ने र पेल्ने काम गरेको आरोप उनीमाथि छ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीमा व्यवस्थापन पक्ष र कर्मचारीबीच भाएको वार्ता झडप हुँदा उच्च पदमा कार्यरत केही कर्मचारीलाईसमेत मुक्का लागेर घाइते भएको बताइएको छ ।
सिइओ लालले गुराँस लाइफका पुराना कर्मचारीमाथि अन्यायपूर्ण तरिकाले सरुवा गरेपछि कम्पनीका देशैभरिको शाखा कार्यालय बन्द गरेर कर्मचारीहरु आन्दोलनमा उत्रिएका थिए । उनले सबैतिर एलआईसीबाट ल्याइएका कर्मचारीहरुलाई अघि सारेर पुराना कर्मचारीहरुलाई तनाव दिन थालेपछि झगडाले उग्र रुप लिएको थियो । कर्मचारीहरुले शाखा कार्यालय बन्द गरेर आन्दोलनमा उत्रिएपछि बाध्य भएर हात शुक्रबार व्यवस्थापन पक्षले सम्झौता गरेको खुलेको छ ।
सो सम्झौता अनुसार यसअघि क्षेत्रीय कार्यालय (प्रदेश_ बाट शाखा कार्यालयमा सरुवा गरिएकाहरुलाई पुनर्बहाली गर्ने, कर्मचारीहरुमाथि विभेद नगर्ने शर्तमा हालका लागि कर्मचारीहरु काममा फर्केको जनाइएको छ । सिइओ लालले कर्मचारीहरुमाथिको विभेद अन्त्य नगरे आगामी दिनमा पुनः आन्दोलन जानेसमेत कर्मचारीहरु बताउँछन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी