×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हिमालयन बैंकले सन्ध्याकालिन काउन्टर सेवा पुनः सञ्चालनमा ल्याउने, कुन कुन शाखाबाट पाइन्छ सेवा ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १५ मंसिर २०७८, बुधबार

PRIME CA
laxmi sunrise bank

हिमालयन बैंकले सन्ध्याकालिन काउन्टर सेवा पुनः सञ्चालनमा ल्याउने, कुन कुन शाखाबाट पाइन्छ सेवा ?

काठमाडौं । हिमालयन बैंकले सन्ध्याकालिन काउन्टर सेवा पुनः सञ्चालनमा ल्याउने भएको छ । बैंकले कोभिड-१९ को कारण रोकिएको उक्त काउन्टर सेवा मंसिर १५ गतेदेखि पुनः सञ्चालनमा ल्याउने भएको हो । बैंकले दिउँसो ३ः३० बजेदेखि बेलुका ७ बजेसम्म सन्ध्याकालिन काउन्टर खुला गर्न लागेको छ । बैंकले ठमेल, न्यूरोड, पाटन, चावहिल, महाराजगञ्ज र टेकुबाट ग्राहकलाई सन्ध्याकालिन सेवा दिन लागेको हो ।

जसमध्ये ठमेल, न्यूरोड र पाटन शाखा दिउँसो ३ः३० बजेदेखि बेलुका ७ बजेसम्म खुला हुने भएका छन् । यस्तै चावहिल, महाराजगञ्ज र टेकु शाखा दिउँसो ३ः३० बजेदेखि बेलुका ६ बजेसम्म खुला रहने छन् ।ग्राहकहरुले कको सन्ध्याकालिन सेवा अन्तर्गत रकम र चेक जम्मा गर्न, चेकबाट रकम झिक्न र विदेशी विनिमय लगायतका सुविधा लिन सक्ने भएका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: