×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अन्तत : एक भए लगानीकर्ताका संगठनहरु, अम्बिका प्रसाद पौडेलको संयोजकत्वमा ‘महासंघ’ बन्दै !

PRIME CA

अन्तत : एक भए लगानीकर्ताका संगठनहरु, अम्बिका प्रसाद पौडेलको संयोजकत्वमा ‘महासंघ’ बन्दै !

२१ मंसिर २०७८, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । पूँजी बजारको सुधारका लागि लगानीकर्ताका संगठनहरु एकजुट हुने भएका छन् । पूँजी बजारमा गम्भीर संकट उत्पन्न भएको भन्दै त्यसको विकास र सुधारका लागि लगानीकर्ताका संगठनहरु र अन्य लगानीकर्ताहरुले एकजुट भएर महासंघ गठन गर्ने तयारी गरेका हुन् ।
लगानीकर्ताहरुको हिजो सोमबार सम्पन्न एक भेलाले एकतावद्द र सामुहिक ढंगले माग पुरा गर्नको लागि कार्य गर्ने उदेश्यले नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गतको पूँजी बजार समितिका सभापतिसमेत रहेका सक्रिय लगानीकर्ता अम्बिका प्रसाद पौडेलको संयोजकत्वमा एक कार्यदल गठन भएको हो ।
आगामी शुक्रबार महासंघको घोषणा गर्ने एजेन्डासहित लगानीकर्ताहरुको आम भेला बोलाइएको छ । कुनै बेला झन्डै २२ अर्ब रुपैयाँसम्मको कारोबार भएको पूँजी बजारमा अहिले कारोबार रकम ३/४ अर्ब रपैयाँमा खुम्चिएको छ । बढ्दो बजारमा विभिन्न बहानाबाजी गरी अंकुश लगाउने खोज्ने, अनावश्यक हस्तक्षेप गर्ने, नियामक निकायहरुमा नेतृत्व चयनमा ढिलाइ गर्दा बजार पेनिक भएको लगानीकर्ताको बुझाई छ ।
 
यस्ता छन् छलफलका निर्णयहरुः
१. सेयर दलालमार्फत मार्जिन ट्रेडिङ कर्जा ब्यवस्था पूर्ण रुपमा कार्यान्वयनमा नआएसम्म सेयर धितो कर्जामा लगाईएको सिमा हटाईनुपर्ने मागमा पूर्ण सहमति कायम गरियो ।
२. लामो समयदेखि रिक्त रहेका नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जका प्रमुखहरुको योग्यता, क्षमता र प्रतिस्पर्धाका आधारमा तत्काल नियुक्ति गर्न सरकारसँग माग गर्ने निर्णय गरियो ।
३. पूँजी बजारको बिकास र बिस्तारका लागि अर्थ मन्त्रालयले ३ बर्ष अघि नै गरिसक्छु भनेका ५८ बुँदेका कार्यतालिका सहितका बाँकी कामहरु तत्काल गराउँन माग गर्ने निर्णय गरियो ।
४. माथि उल्लेखित कामहरु सम्पन्न भई पूँजी बजार सम्बन्धी नीति नियम, पुर्वाधार र प्रविधिको सुनिश्चितता नभएसम्म हामी सम्पूर्ण संघसंस्था र लगानीकर्ताहरु एकताबद्ध र सामुहिक ढंगले लागिरहने प्र्रण गर्दै अग्रज लगानीकर्ता श्री अम्बिकाप्रसाद पौडेलको संयोजकत्वमा बृहत कार्यदल गठन गरियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: