×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सम्बन्धित निकायको लापरवाहीका कारण लगानीकर्ताको लगानी जोखिममा

PRIME CA

सम्बन्धित निकायको लापरवाहीका कारण लगानीकर्ताको लगानी जोखिममा

४ पुष २०७८, आईतवार

पढ्न लाग्ने समय: < ४ मिनेट

अनुसा थापा । पछिल्लो समय नेपाली बजारमा सेयरतिर धेरै जनता आकर्षित बनेको छन् । विभिन्न वित्तिय संस्थाहरु, कम्पनीहरुले सेयर खरिदबिक्री गर्ने प्रथाको विकास गरेको छन् । सेयर खरिदबिक्री अहिले निकै नै जनचासोको विषय बन्न पुगेको छ ।
कुनै दिन सेयरको मुल्य ह्वात्तै उकालो लाग्छ । कहिले निकै नै ओरोला । यसलाई जुवाको खेती पनि भन्न सकिन्छ । पहिलेपहिले बुढापाखाले भन्थे, जुवा खेलेपछि कहिले हारिन्छ कहिले जितिन्छ । तर, अहिले सरकारले जुवातास खेल्नेलाई प्रतिबन्ध लगाएको छ । लुकेर खेल्ने भने प्रथा अझैपनि चलनचल्तीमा छ । कहिले हार्छन् कहिले मार्छन् तर कतिपयले त्यही जुवातासको लत लागेर खेल्दाखेल्दै आफ्नो घरखेत सिद्धयाउछन् । त्यतिले नपुगेर जुवामा हारेर आत्माहत्या गर्ने पनि नेपाली समाजमा नभएका होइनन् ।
सेयरमा लगानी गर्नेको पनि त्यही नै हाल छ । एकदिन सेयरको मुल्य बढ्छ खुसी हुन्छन् । अर्को दिनदेखि निरन्तर ओरालो लाग्छ कहाँ जाऊ र के गरौ भन्ने हुन्छ । सेयरमा लगानी गर्ने सेयरकर्ताहरु जहिले पनि तनावमा हुन्छन् । किन कि उनीहरुको लगानी सुरक्षित छैन् । जहिले बढ्छ भन्ने ग्यारेण्टी छैन् । आफ्नो चल अचल सम्पत्ति सेयरमा लगानी गर्दा घरखेत सबै सिद्धाउदाँ कतिपय सडकमा आइपुगेका छन् । अझ मानसिक रोगका शिकार सेयरकर्ता बनेका छन् । मानसिकता पनि गुमाउने, सम्पत्ति डुबाउने सेयर बजार किन छाडा छोडिएको हो ?
अप्रत्यक्ष रुपमा जुवातास खेलाइरहेको सेयर बजारमा सरकारले किन कडाइ नगरेको हो ? सिधासाधी जनतालाई फाइदा हुन्छ भनेर प्रलोभन देखाइ सेयरमा लगानी गर्न बाध्य पारिएको छ । केही पत्तो नपाएका सिधासाधी जनताहरुलाई सेयरका दलालीहरुले फसाइरहेका छन् । उसलाई सेयरमा लगानी गर्दा नाफा छ कि घाटा छ केही थाहा हुदैन् । सेयर कारोबार गर्ने दलालीहरुले आफु कमाउन र आफ्नो सेयर मँहगोमा बेच्नको लागि सिधासाधी जनतालाई फसाइरहेको छन् । आफ्नो सेयर मँहगोमा किन्न लगाएर यी सेयर दलालीहरुले सिधासाधी जनताको प्रयोग गरिरहेको छन् ।
हरेक क्षेत्रमा दलालीको बिगबिगी छ । दलालीको कारण हरेक चीजको मुल्य दिनमा चार गुणा रातमा दश गुणा बढिरहेको छ । सेयर बजारमा पनि ठ्याक्कै यहि नै भएको पाइन्छ । घरजग्गाको मुल्य बढाउने नै दलाली र बिचौलिया हुन् । यिनीहरु नहुने हो भने घरजग्गाको मुल्य नै हुदैनथ्यो । सरकारले निर्धारण गरेभन्दा दश गुणा बढीमा दलालीहरुले हरेक सामानको किनबेच गरिरहेको हुन्छन् । सरकारले यसको मुल्य सात लाख भनेको छ भने तीस लाखमा बिक्री हुन्छ ।
केही गरि घरजग्गा अतिक्रमणमा पप्यो भने सरकारले त्यही सात लाखको हिसाब गर्छ । मँहगोमा किन भनेर सरकारले भनेको होइन् । अर्थ मन्त्रालयले केही गरि सेयरको विषयमा बोल्यो भने सेयरको मुल्य घट्छ । सेयर लगानीकर्ताहरु अर्थ मन्त्रीको विरोधमा नारा लगाउछन् । पुर्व अर्थमन्त्री युवराज खतिवडाले सेयरमा लगानी गर्नु भनेको जुवा खेल्नु हो भनेका थिए । सेयरमा लगानी गरेपछि आफ्नो लगानीको ग्यारेण्टी हुदैन भनेर उनले भन्दा सेयरको मुल्य भारी तवरले ओरालो लागेको थियो । कहेी दिनअघि मात्र एउटा कार्यक्रममा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाले नि सेयरको विषयमा बोलेका थिए । उनले भने, सेयरमा लगानी गर्नु जुवा खेल्ने जत्तिकै हो । त्यसपछि नेप्से उथलपुथल भएको बताइएको छ ।
नेकपा एमालेका अध्यक्ष केपी ओलीले पनि प्रचण्डको विचारलाई लिएर टिकाटिप्पणी गरिहाले । सेयर बजारबाट चन्दा नपाएर प्रचण्ड सेयर बजारतर्फ खन्निएको आरोप ओलीले लगाएका थिए । केपी ओलीले घुमाउरो भाषामा सेयर लगानी कर्ताहरुलाई सुझाव दिएको बुझिन्थ्यो । सेयर बजार असुरक्षित छ भनेर केपी ओली सबै जनतालाई सचेत गराउन खोज्दै थिए । अर्थ मन्त्रालय र शीर्ष राजनितिक दलले सेयरको विषयमा केही भन्यो भने सेयरको मुल्य घट्ने । कस्तो बजार हो यो ? कालीमाटीको फलफुलभन्दा पनि सस्तो बजार ।
सेयरको बारेमा कुनै नेताले केही भनोस् भनेर राजनितिक पार्टीको झोला बोक्नपर्ने । अझै चन्दा पनि दिनैपर्ने । यस्तो पनि बजार हुँदो रहेछ । कसैको बोलीमा टिकेको सेयर बजार । बैंक फाइनेन्स, वित्तिय संस्थाहरु पनि औधोगिक क्षेत्रमा लगानी गर्दैनन् । घरजग्गा र सेयरमा लगानी गनृ यिनीहरु जहिले पनि तम्सिरहेको हुन्छन् । नेपाल राष्ट्र बैंकले औधोगिक क्षेत्रमा लगानी गर्नपर्छ भनेर निर्देशन दिएको छैन् । उधोग क्षेत्रमा लगानी गर्दा राज्यले राजस्व पाउछन्, सर्वसाधारणले रोजगारी । तापनि राष्ट्र बैंकले बैंक फाइनेन्सलाई यस्तो निर्देशन किन दिएन् ।
कर्जा दिएर चाँडो नाफा कमाउने लोभमा वित्तिय संस्थाले घरजग्गा र सेयरमा धेरै लगानी गरेको छन् । अब सरकारले घरजग्गा र सेयरमा लगानी गर्न वित्तिय संस्थाहरुलाई बन्देज लगाउनुपर्छ । जोखिमपुर्ण लगानीमा कर्जा लगाउनलाई अंकुशे लगाउने बेला भइसकेको बताइन्छ । यी क्षेत्रमा नयाँ कर्जा लगानी गर्न दिनुहुदैन् । वित्तिय संस्थाहरुले हाम्रो बार्षिक नाफा यति हो भन्दै झुठो प्रचार गरेर सेयर बिक्री गरिरहेका छन् । बोनसको लोभमा सर्वसाधारणहरुले पनि सजिलै सेयरमा लगानी गरिरहेको छन् ।
वित्तिय संस्थामा धितो राखेर कर्जा लिनेहरुले आत्महत्या गरेको घटनाहरु थुप्रै छन् । करोडपतिबाट रोडपति बनाउने पनि वित्तिय संस्था नै हुन् । अहिले पनि बैंकले कर्जा दियो भने सेयरको मुल्य बढ्छ । घरजग्गाको पनि असिमित तवरले मुल्य बढ्छ । बैंकले कर्जामा कडइ गप्यो भने सेयर र घरजग्गाको मुल्यमा ठुलो गिरावट आँउछ । बैंकफाइनेन्सका डिपोजिट बढी भयो भने घुस खाएर सजिलो कर्जा दिन्छ । यदि बैंकको अध्यक्षले घुस पाएन भने कर्जामा कडाइ गर्छन् । सयमा असी प्रतिशत मानिसहरुले वित्तिय संस्थाबाट कर्जा लिएर सेयर र घरजग्गामा लगानी गरेको छन् ।
घरजग्गाको मुल्य घटाउने र बढाउने चाबी बैंक फाइनेन्सका सञ्चालक हुन् । जनताको पैसामा चलेको संस्था वित्तिय संस्थाहरु हुन् । तर, बैंक फाइनेन्सका सञ्चालकहरु कमिशनमा बिकेका छन् । डिपोजिट राख्नेलाई थोरै व्याज, कर्जा लिनेलाई धेरै व्याज । पैसा बेच्ने व्यापारीको रुपमा पनि यिनीहरुलाई चिनिन्छ । यही वित्तिय संस्थाको इसारामा सेयर बजार चलेको छ । सेयर बजारको चाबी बैंकफाइनेन्सको हातमा छ । वित्तिय संस्थामा भएको बेथिति देख्दादेख्दै पनि सम्बन्धित निकाय मौन छ । वित्तिय क्षेत्रमा पनि सिण्डिकेट छ ।
वित्तिय क्षेत्रमा भएको विकृति सुधार्नतर्फ न अर्थ मन्त्रालयलाई चासो छ । न सहकारी विभाग र राष्ट्र बैंकलाई नै । अहिले सेयरमा लगानी गर्ने सेयरकर्ताहरु धरासायी बन्दै गएको छन् । यिनीहरुको लगानी सुरक्षा गर्न सरकारले कस्तो योजना ल्याएको छ त ? अब अर्थ मन्त्रालयले घरजग्गा र सेयरमा लगानी यर्नबाट रोक लगाउनुपर्छ । जति पनि लगानी गर्नुछ त्यसमा सबै औधोगिब क्षेत्रको प्राथमिकता हुनुपर्दछ । नाफा धेरै पाइने, घुस धेरै आउने भएकाले वित्तिय संस्थाहरुले यसमा लगानी गरेको हुन् । सेयरमा लगानी गरेकाहरु बेकार लगानी गरिएछ भनेर गुनासो गरिरहेको भेटिन्छन् । अर्थ मन्त्रालयले सेयर किनेर डुब्नुभन्दा नकिन्न सुसुचित गराउनपर्छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: