×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सुपरमाई हाइड्रोपावर र सान्जेन जलविद्युतले ४६ लाख ५० हजार कित्ता आइपीओ बिक्री गर्ने, अनुमति माग्न पुगे धितोपत्र बोर्ड…!

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

सुपरमाई हाइड्रोपावर र सान्जेन जलविद्युतले ४६ लाख ५० हजार कित्ता आइपीओ बिक्री गर्ने, अनुमति माग्न पुगे धितोपत्र बोर्ड…!

Artha Sarokar

२२ मंसिर २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सुपरमाई हाइड्रोपावर कम्पनी र सान्जेन जलविद्युत कम्पनीले आइपीओ जारी गर्ने भएका छन् । दुबै कम्पनीले  आइपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेका हुन् ।
यी दुई कम्पनीको गरी कुल ४६ लाख ५० हजार कित्ता आइपीओ आउने भएको छ । जसमा सुपरमाई हाइड्रोपावरले प्रतिकित्ता १०० रुपैयाँको दरमा आयोजना प्रभावित र सर्वसाधारणको लागि १० लाख कित्ता आइपीओ निष्काशन गर्न लागेको हो । यसमा बिक्री प्रबन्धकको सानिमा क्यापिटलले गर्नेछ ।
यता सान्जेन जलविद्युत कम्पनीले पनि प्रतिकित्ता १०० रुपैयाँको दरमा आयोजना प्रभावितको लागि ३६ लाख ५० हजार कित्ता आइपीओ निष्कासन गर्न लागेको हो । अब बोर्डले अनुमति दिएपछि कम्पनीले आइपीओ निष्कासन प्रकृया अघि बढाउनेछ । यसमा बिक्री प्रबन्धकको काम नागरिक लगानी कोषले गर्नेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी