काठमाडौँ । शिक्षक सेवा आयोगले प्राथमिक तहमा १३ हजार ९३ शिक्षक माग गरेको छ । मंगलबार बसेको आयोगको बैठकले ठूलो संख्यामा शिक्षकको विज्ञापन गरी स्थायी नियुक्तिको तयारी गरेको हो ।
यसमा माघ १३ गतेसम्म नियमित शुल्कमा र माघ २० गतेसम्म दोब्बर दस्तुर तिरेर दरखास्त दिन सकिनेछ । दरखास्त अनलाइनमार्फत् बुझाउन सकिने आयोगले जनाएको छ । यसअघि नै शिक्षक सेवा आयोगले मावि र निमावि तहका लागि विज्ञापन खुलाइसकेको छ ।