काठमाडौं । नेपालमा पछिल्लो समय चिनियाँ नागरिकहरुको मनपरी चल्न थालेको छ । त्यस्तै भईरहेको छ काठमाडौंको ठमेल क्षेत्रमा पनि । हो, घर भाडामा लिएर बस्ने चिनियाँ नागरिक घर मुलीलाई भाडा नै नतिरी फरार भएका छन् । महानगरको वडा नम्बर २७ निवासी सुरेन्द्र मुनि तुलाधरको घरमा भाडामा बस्ने एक चिनियाँ नागरिक लिउ डोङबो घरको भाडानै नतिरी फरार भएका हुन् ।
महानगरको नगर कार्यपालिकाको कार्यालयका अनुसार तुलाधरको ज्याथास्थित कित्ता नम्बर २७८७ मा १२ आना, ३ पैसा १ दाममा बनेको घर डोङबोले भाडामा लिएका थिए । सोही घरको भाडा नतिरी डोङबो सम्पर्कबिहीन भएको भन्दै १३ दिनमा घरको तल्लाहरु खाली गर्न १५ दिने सूचना जारी गरिएको छ ।
ठमेल क्षेत्रमा घर भाडामा लिएर बस्ने चिनियाँ नागरिकले अहिले घरधनीलाई विभिन्न मानसिक तथा शारीरिक यातना दिने क्रम बढेको छ । उक्त क्षेत्रमा भाडा गरी बस्ने चिनियाँ नागरिकले केही समय भने अनुसार भाडा तिर्ने र केही समयपछि घरधनीलाई विभिन्न यातना दिने गरेको पाइएको छ ।