×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

किसान लघुवित्त र मिर्मिरे लघुवित्तसहित अन्य ३ कम्पनीको एफपिओ सेबोनको पाइपलाइनमा, कुन कम्पनीको कति ?

PRIME CA

किसान लघुवित्त र मिर्मिरे लघुवित्तसहित अन्य ३ कम्पनीको एफपिओ सेबोनको पाइपलाइनमा, कुन कम्पनीको कति ?

२० मंसिर २०७८, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । किसान लघुवित्त, मिर्मिरे लघुवित्त र नयाँ सारथी लघुवित्त कम्पनीहरुको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा एफपिओ निष्कासन तथा स्वीकृतिका लागि पाइपलाइनमा रहेका छन् । यी संस्थाहरुले हाल बोर्डमा एफपिओ निष्कासनको अनुमति माग्दै निवेदन पेस गरेका छन् । किसान लघुवित्त वित्तिय संस्थाले १२ लाख ८९ हजार २५९ कित्ता एफपिओ जारी गर्ने अनुमति माग्दै नियामक निकाय नेपाल धितोपत्र बोर्डमा असार २९ गते आवेदन दिएको हो ।

संस्थाले १२५ रुपैयाँको दरले १६ करोड २२ लाख ८२ हजार ४३६ रुपैयाँ बराबरको एफपिओ जारी गर्ने अनुमति मागेको हो । संस्थाको एफपीओलाई रेटिङ एजेन्सी केयर रेटिङ नेपालले ‘डबल बी माइनस’ रेटिङ प्रदान गरेको छ । यस रेटिङले कम्पनी समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा औसतमा मध्यम जोखिम रहेको संकेत गर्दछ । संस्थाले एफपीओ निष्कासन प्रयोजनको लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको छ ।

मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले भने एफपीओ निष्कासन गर्नका लागि नेपाल धितोपत्र बोर्डमा कार्तिक २३ गते निवेदन पेश गरेको थियो । संस्थाले १ सय रुपैयाँ अंकित दरमा ७७ रूपैयाँ ८ पैसा प्रिमियम थपेर प्रतिकित्ता एक सय ७७ रूपैयाँ ८ पैसामा ९१ लाख २३ हजार ९ सय ८४ रूपैयाँ बराबरको ५१ हजार ३ सय १६ कित्ता एफपीओ निष्कासन गर्नका लागि अनुमति माग गरेको हो । संस्थाले एफपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरिसकेको छ ।

यस्तै नयाँ सारथी लघुवित्त वित्तिय संस्थाले ३ लाख २९ हजार ६४९ कित्ता एफपिओ जारी गर्ने अनुमति मागेको हो । कम्पनीले नियामक निकाय नेपाल धितोपत्र बोर्डमा भदौ ९ गते एफपिओ जारी गर्ने अनुमति माग्दै बोर्डमा निवेदन दिएको हो । संस्थाले ११६ रुपैयाँको दरले ३ करोड ८२ लाख रुपैयाँ बढीको एफपिओ जारी गर्ने अनुमति मागेको हो । संस्थाले एफपीओ निष्कासन प्रयोजनको लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटललाई नियुक्त गरेको छ ।संस्थाको एफपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्रा एनपी इस्यूआर बीबी’ रेटिङ प्रदान गरेको छ । यस रेटिङले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमता मध्यम जोखिम रहेको तथा कम्पनीको आधारभूत अवस्था मध्यम रहेको संकेत गर्दछ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: