×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कुमारी बैंक किर्ते काण्ड : ३ जना जेल चलान, बैंकिङ कसुरको मुद्धा नचल्ने भएपछि सिइओको `ग्याङ´ जोगियो…

LAXMI SUNRISE BANK
GLOBAL

कुमारी बैंक किर्ते काण्ड : ३ जना जेल चलान, बैंकिङ कसुरको मुद्धा नचल्ने भएपछि सिइओको `ग्याङ´ जोगियो…

१ पुष २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं। कुमारी बैंक लिमिटेडको किर्ते काण्डमा ३ जना जेल चलान भएका छन् । कीर्ते गरेको अभियोगमा जिल्ला अदालतको आदेशले वीरगंजस्थितको शाखाका कनिष्ठ सहायक सोनु ठाकुर, एस कुमार महर्जन र मुक्तिलाल गौतम जेल चलान भएका हुन् । भ्यालुएटर राजेश चौरसिया भने १ लाख रुपैयाँ धरौटी बुझाएर छुटेका छन् । उनीहरुलाई बुधवार कारागार चलान गरिएको केन्द्रीय अनुसन्धान व्यूरोका एसपी श्याम महतोले बताए ।
गायक योगेश्वर अमात्यको जग्गामा भएको ठगी प्रकरणमा सरकारी वकिल कार्यालयले बैकिङ कसुरमा मुद्दा नचलाउन निर्देशन दिएपछि सिइओको `ग्याङ´ सो कसुरबाट भने जोगिएको छ । तर सीआइबीले केही समयअघि सो अनुसन्धान सकेर सरकारी वकिल कार्यालय काठमाडौंमा प्रतिवेदन बुझाएको थियो । जिल्ला सरकारी वकिलको कार्यालयले बैकिङ कसुरमा अनुसन्धान गर्न प्रहरीलाई थप समय दिएको थियो ।
बाराको विश्रामपुरस्थित गायक अमात्यको १२ बिघा जग्गा डेनियल ट्रेडिङ नामको कम्पनीलाई बिक्री गरेको देखाएर नक्कली कागजपत्र बनाइ ऋण लिएको खुलेको थियो । बैंकका कर्मचारीको मिलोमतोमा १९ करोड रुपैयाँ ऋण लिएको खुलेको थियो । सो घटनाको अनुसन्धान राष्ट्र बैंकलेसमेत गरेको थियो।
कित्ता नम्बर १०६९ को एउटै प्लटको जग्गाको नक्कली लालपुर्जा बनाएर कुमारी बैंक वीरगंज शाखाले काठमाडौंको न्युरोडलाई कर्जा दिएको थियो । नक्कली लालपुर्जा राखेर ऋण लिएको बैंकले थाहा पाएपछि भदौ अन्तिममा नै ऋणीबाट कमसल धितो भन्दै ऋण सकारेको थियो । झन्डै १ अर्ब बराबरको जग्गालाई ३८ करोड रुपैयाँ मूल्याङ्कन गरेर ऋण प्रवाह गरिएको अमात्यको परिवारको भनाई छ । अमात्यले केही वर्षअघि बाराको विश्रामपुरमा २५ बिघा जग्गा खरिद गरेका थिए । कलैया नजिकै मुल सडकमा छोएको जग्गा निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बन्न लागेपछि धेरैको नजर सो जग्गामा परेको थियो ।
दिनदिनै जग्गा दलालदेखि जग्गा व्यापारीसम्म उनको सो जग्गा पछ्याईरहेका थिए । यसो त किनेको २५ विघा जग्गामध्ये उनले १३ विघा जग्गा बीचमा बिक्रे पनि गरे । बाँकी रहेको जग्गामा उनले पर्खाल लगाएका छन् । विरुवा भूमि बनकाली कम्पनीका नाममा राखिएको सो जग्गाको मूल्य दिनानुदिन यस कारण पनि बढ्दै थियो कि सो जग्गा निजगढ विमानस्थलबाट करिब २० किलोमिटरको दुरीमा मात्र थियो । त्यसपछि सो जग्गामा कुमारी बैंकको पनि आँखा पर्यो । बैंकका कर्मचारीले उनलाई पछ्याएन मात्रै नक्कली कागजपत्र बनाइ अरुलाई नै ऋण प्रवाह गर्यो दियो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी