काठमाडौं । नेपालका दुई ठुला वाणिज्य बैंक नबिल बैंक र नेपाल बंगलादेश बैंक मर्ज हुने भएका छन् । यसै साता एमओयु गर्ने तयारीका साथ नबिल बैंकका सञ्चालक उदयकृष्ण उपाध्यायको नेतृत्वमा संयुक्त मर्जर समिति गठन भएको हो ।
सो कमिटीले नबिल बैंकसँग नेपाल बंगलादेश बैंकलाई प्राप्ति तथा एक्विजिसनका लागि सहमतिको प्रयास गर्ने बुझिएको छ । यस्तै सेयर आदानप्रदान अनुपात (स्वाप रेसियो) निर्धारण गर्ने जिम्मा पनि समितिलाई दिएको बताइको छ ।
नेपाल बंगलादेश बैंकमा रहेको आईएफआईसी बैंकको ४१.९१ प्रतिशत सेयर विनोद चौधरीले श्रीमती सारिका चौधरीको नाममा किन्ने भएका छन् । यस्तै बंगलादेशको आईएफआईसी बैंकको स्वामित्वमा रहेको नेपाल बंगलादेश बैंकको ४१.९१ प्रतिशत संस्थापक सेयर चौधरीले खरिद गर्ने भएपछी मर्ज प्रक्रिया अघि बढेको हो ।
जस अनुसार बैंकको ४ करोड २२ लाख ६७ हजार ९११ कित्ता संस्थापक सेयर सारिका चौधरीले खरिद गर्नेछिन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्