×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नबिल पाएपछी सनराइजसँग एनबी बैंकको ‘ब्रेकअप’ : ८ महिना अगाडी सुटुक्क गरिएको ‘इंगेजमेन्ट’ यसरी तोडिएछ… !

PRIME CA
GLOBAL IME BANK

नबिल पाएपछी सनराइजसँग एनबी बैंकको ‘ब्रेकअप’ : ८ महिना अगाडी सुटुक्क गरिएको ‘इंगेजमेन्ट’ यसरी तोडिएछ… !

२३ मंसिर २०७८, बिहीबार

पढ्न लाग्ने समय: < २ मिनेट

काठमाडौँ । मङ्सिरको महिना छ । प्रेममा परेका कयौं जोडीहरु भत्किने गर्छन् यो महिनामा । कतिको धन नमिलेर, कतिको कथित जात नमिलेर, कतिले बढी हैसियत खोज्दा त कसैले धोका नै दिएर अर्को रोज्दा धेरै सम्बन्धहरु भत्किएका छन् मङ्सिरमा । नेपालको बैंकिङ क्षेत्रमा पनि एक हुने बाचा गरेका दुई बैंकको ब्रेकअप भएको खुलासा भएको छ । र सो बैंक हुन् नेपाल बंगलादेश बैंक र सनराइज बैंक । हो, करिब ८ महिना यी दुई बैंक एक आपसमा मर्ज हुने अघोसित सम्झौता भएको र पछी नबिलले पनि प्रस्ताव राखेपछि एनबीले सनराइज छोडेर नबिल रोजेको खुलासा भएको छ ।

‘तपाईं पत्रकारहरुले यस्ता कुरा कहाँबाट थाहा पाउनुहुन्छ, कहिलेकाहीं हामी अचम्ममा पर्छौं । तर जे थाहा पाउनुभयो, ठिक थाहा पाउनुभयो ।’ सनराइज बैंकका एक संचालकले अर्थ सरोकारसँग भने- ‘हो, केहि समय अगाडी हामी (सनराइज) र नेपाल बंगलादेश बैंकबीच एक हुने टुंगो नै जस्तो भएको थियो। तर पछी नबिलसँग जान पाउने भएपछी नेपाल बंगलादेश बैंकले हामीलाई छोड्यो ।’

उनका अनुसार एनबीमा भएको बिदेशी सेयर किन्न सनराइजमा लगानी रहेको दुगड ग्रुप पनि कस्सिएर लागेको थियो । तर पछी चौधरी समूहले सो सेयर किन्ने भन्ने जानकारी आएपछि दुगड समूह पछी हटेको हो । तर मुख्य कुराचाहिं के छ भने नेपाल बंगलादेश बैंकमा रहेको आईएफआईसीलको सेयर आइएफआइसीले नै दुगड ग्रुपलाई दिने टुंगो लागिसकेको थियो । अहिले यहि कुरा मिलाउन नेपाल बंगलादेश बैंकको टोली बंगलादेश पुगेको बुझेका छौं ।

‘गत अप्रिल २ अर्थात् ८ महिनाअघि नै सेयर खरिदबिक्रीसम्बन्धी लिखित सम्झौता भएको थियो । त्यसपछि गत असारमा आईएफआईसीले सेयर बिक्रीसम्बन्धी सूचना निकालेको थियो । अर्थात् प्रक्रिया पूरा गर्न सेयरबिक्रीको सूचना निकालिएको थियो । तर नबिलको टोलीले बढी नै इन्ट्रेष्ट देखाएपछि अव हामीसँग भन्दा पनि एनबी नबिलसँगै जाने तयारीमा लागेको बुझेका छौं । मङ्सिरमा केटाकेटीको ब्रेक अप भएर अर्कैसँग विवाह भएकोजस्तै भएको छ, सनराइज- एनबीको कथा पनि ।’

 

एनबी बैंकको साधारणसभाले मर्जरसम्बन्धी प्रस्ताव पास गरिसकेको छ। सनराइज बैंकका संचालकले दिएको जानकारी अनुसार सम्झौता गरे पनि सेयर बिक्रीमा आलटाल भएको छ। असारमा आईएफआईसीले ३ करोड ६८ लाख २७ हजार ४२६ कित्ता सेयर अर्थात नेपाली साँढे ५ अर्व रुपैयाँ बराबरको बिक्रेता राखेको थियो। एनबी बैंकले यो सेयर बिक्रीका लागि असार अन्तिममा ३५ दिन म्याद राखेर सूचना निकालेको थियो  ।’ उनका अनुसार सो सेयर दुगड ग्रुपले किन्नको लागि लिखित सम्झौता नै भएको थियो । ‘सम्झौता हाम्रो भयो तर नबिलले चासो देखाएपछि कुरा बिग्रियो । अव हेरौं के हुन्छ । स्पष्ट भन्दा हामीसँगको इंगेजमेन्ट तोडिएको छ । अव नबिल बैंकसँग नै एनबीको ‘विवाह’ भएको हेरेर बधाई दिनुबाहेक हामीसँग खास विकल्प छैन । र पनि इंगेजमेन्ट भएकैसँग विवाह हुनुपर्छ भनेर हामी लागिचाहिं रहेका छौं ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: