काठमाडौं । नेपाल बङ्गलादेश बैंकको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतमा भुपेन्द्र पाण्डे नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिको बैठकले बैंकको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतमा पाण्डेलाई नियुक्त गरेको हो । बैंकिङ क्षेत्रमा झन्डै २० वर्षको लामो अनुभव भएका पाण्डे यसअघि राष्ट्रिय बाणिज्य बैंक तथा नेपाल इन्फ्रास्ट्रक्चर बैंकमा नायब प्रमुख कार्यकारी अधिकृत (Deputy CEO)पदमा कार्यरत थिए ।
पाण्डे Fellow Chartered Accountant (FCA) हुनुका साथै उनले वाणिज्य शास्त्रमा स्नातकोत्तर गरेका छन् । हालका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगानाको कार्यकाल यही २०७८ साल पौष १६ गते सकिँदैछ । नवनियुक्त वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत पाण्डेले आउँदो २०७८ साल माघ १ गतेदेखि आफ्नो कार्यभार सम्हाल्ने जानकारी बैंकले दिएको छ । हाल बैंकले १०० शाखा, १० एक्सटेन्सन काउन्टर, तथा ८४ वटा ATM बाट बैंकिङ सुविधा दिँदै आएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्