×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मर्जरको टुंगो लगाउन सीइओ ढुंगानासहितको एनबी बैंकको टोली बंगलादेशमा… ढाकामा पाक्यो यस्तो पापा !

PRIME CA
GLOBAL IME BANK

मर्जरको टुंगो लगाउन सीइओ ढुंगानासहितको एनबी बैंकको टोली बंगलादेशमा… ढाकामा पाक्यो यस्तो पापा !

२३ मंसिर २०७८, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । नेपाल बंगलादेश बैंक (एनबी)को टोली मर्जरका विषयमा टुंगो लगाउन बंगलादेश पुगेको छ । केहि दिनअघि बंगलादेशको ढाका पुगेको बैंकको टोली बिहीबार काठमाडौँ फर्कंदैछ । बंगलादेशको बैंकसँग साझेदारी रहेकाले मर्जरको विषयमा टुंगो लगाउन बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगानासहितको टोलीले बंगलादेश पुगेर मर्जरबारे घनिभूत छलफल गरेको छ । स्रोतले दिएको जानकारी अनुसार अव मर्जरमा जाने अन्तिम टुंगो लगाएर सो टोली नेपाल फर्कंदैछ ।

नेपाल बंगलादेश बैंकले मर्जरमा जान विदेशी लगानीकर्ताको तर्फबाट एम साह आलम सरवार, बैंकका सीईओ ज्ञानेन्द्रप्रसाद ढुंगाना, नेपाली सञ्चालक इन्द्रबहादुर थापा रहेको मर्जर कमिटी गठन गरेको थियो  । सो कमिटीका एक सदस्यले अर्थ सरोकारलाई दिएको जानकारी अनुसार अव छिट्टै नै नबिल बैंकसँग मर्जरमा जाने तयारी अन्तिम चरणमा पुगेको छ । ‘नबिलसँग मर्जरमा जान केहि प्राविधिक कठिनाईहरुलाई चिर्नुपर्ने थियो । त्यस विषयमा अव लगभग क्लियर भएको छ । अव नबिलसँग मर्जरमा जान खासै केहि समस्या छैन ।’ उनका अनुसार नबिलसँगको स्वाप रेसियोमा पनि लगभग कुरा मिलेको छ । ‘अनि डीडीए नै नभई कसरी कुरा मिल्यो त ?’ हाम्रो प्रश्नमा उनले भने- ‘डीडीए प्राविधिक कुरा हो । मर्जरमा जाने बैंकहरुबीच कुरा मिलेपछि अन्य कुराहरु मिल्दै जान्छन् ।’

‘ढाकामा के पाक्यो त पापा ?’ हाम्रो प्रश्नमा स्रोत भन्छ- ‘हाम्रो बैंकमा बंगलादेशको ‘इन्टरनेशनल फाइनान्स इन्भेष्टमेन्ट एन्ड कमर्स (आईएफआईसी) बैंक’को करिब ४० प्रतिशत लगानी छ । सो लगानीका विषयमा कुरो टुंगो लागेको छ । त्यसैले अव छिट्टै गुडन्युज आउंदैछ ।’ उनका अनुसार अहिले एनबीका सीइओ ज्ञानेन्द्र प्रसाद ढुंगाना नै मर्जरपछीको नबिल बैंकको प्रमुख कार्यकारी अधिकृत हुनेछन् । नबिलमा रहेका मनोज ज्ञवाली डेपुटी सीइओ हुनेछन् भने नबिलमा रहेका बाँकी दुई डेपुटी सीइओलाई बैंकले बिदा गर्नेछ । यता नेपाल बंगलादेश बैंकमा रहेका उच्च अधिकारीलाईसमेत कसरी एडजष्ट गर्ने भन्ने विषय पनि टुंगो लागिसकेको छ ।

मर्जर कतै तुहिंदैन नि ?

यसो त मर्जरका चर्चा चल्ने र तुहिने क्रम पनि बढेका बेला नबिल र बंगलादेश बैंकबीचको मर्जर तुहिने सम्भावना त छैन ? हाम्रो प्रश्नमा नेपाल बंगलादेश बैंक स्रोत भन्छ- ‘त्यहि नतुहियोस’ भनेर नै टोली बंगलादेश पुगेर छलफल भएको छ । छलफलले एउटा निष्कर्ष निकालेको छ । प्राथमिकता नबिल नै हो । नबिल नभए सनराइज लगायतका बैंकसँग पनि कुरा भईरहेको छ । तर जोसँग भएपनि अव नेपाल बंगलादेश बैंक एक्लै हिड्दैन । मर्जरमै जान्छ ।’

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: