काठमाडौं । नेपाल बैंकले सञ्चालकमा रोचन श्रेष्ठलाई नियुक्त गरेको छ । बैंकले कर्मचारी सञ्चय कोषको तर्फबाट मनोनयन भएका श्रेष्ठलाई सञ्चालकमा नियुक्त गरेको हो ।
नवनियुक्त सञ्चालक श्रेष्ठले बैंकका अध्यक्ष सुमनराज अर्यालबाट सञ्चालक पदको पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन् ।
यस अगाडि बैंकको सञ्चालकमा कोषको तर्फबाट ओमकृष्ण श्रेष्ठ रहेका थिए । उनको अवकाश भएसँगै बैंकले सोही स्थानमा कोषका रोचन श्रेष्ठलाई नियुक्त गरेको हो ।