Skip to content
LAXMI SUNRISE BANK

नेपाल डिपी लिमिटेडले शतप्रतिशत हकप्रद बिक्री गर्ने, प्रस्ताव पारित गर्न पुस २३ गते साधारणसभा आह्वान

अर्थ सरोकार

काठमाडौँ । नेपाल डिपी लिमिटेडले शतप्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीले १:१ को अनुपातमा शतप्रतिशत हकप्रद सेयर निष्कासनको प्रस्तावसहित साधारणसभा आह्वान गरेको हो ।
कम्पनीले पुस २३ गते शुक्रबार पुतलीसडकस्थित आफ्नै कार्यालयमा साधारणसभा बोलाएको हो । सभामा साधारण प्रस्ताव अन्तर्गत अध्यक्षको मन्तव्य तथा संचालक समितिको पाँचौ वार्षिक प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहित २०७८ आषाढ मसान्तको वासलात, नाफा नोक्सान हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरु पारित गर्ने , कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आ.व. २०७८/७२ को लागि लेखापरीक्षण गर्न लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पेस हुनेछ।
यस्तै विशेष प्रस्ताव अन्तर्गत संचालक समितिले प्रस्ताब गरे बमोजिम एक वरावर एक (१:१) हकप्रद सेयर जारी गर्ने र हकप्रद सेयर जारी गर्दा अन्य आवश्यक कुरामा फेर बदल गर्नुपर्ने भएमा संचालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पेश हुनेछ । नेपाल डिपी लिमिटेडमा ब्रोकर नम्बर १, ७, १०, ११, १३, १९, २१, २२, २५ र ४७ को लगानी रहेको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK