Skip to content
LAXMI SUNRISE BANK

मंसिर महिनाको प्रथम बीमा शुल्क संकलनमा नेपाल लाइफको अग्रता

अर्थ सरोकार

काठमाडौं । मंसिर महिनाको प्रथम बीमा शुल्क संकलनमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले अग्रता लिएको छ । पछिल्लो समय निरन्तर रुपमा एकपछि अर्को अब्बलता हासिल गर्न सफल बनेको नेपाल लाइफले मंसिर महिनाको प्रथम बीमा शुल्क संकलनमासमेत फड्को मार्दै सबैभन्दा धेरै प्रथम बीमा शुल्क आर्जन गर्न सफल भएको हो ।

कम्पनीले आर्थिक वर्षको पहिलो पाँच महिना अर्थात मंसिर अन्त्य सम्मको अवधिमा २ अर्ब ९८ करोड रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गर्न सफल भएको छ । आगामी दिनमा यसलाई अरु बढाउने योजनाका साथकाम गरेको कम्पनीले जनाएको छ ।

जीवन बीमाको क्षेत्रमा नेपाल लाइफ देशकै नं १ कम्पनी हो । कम्पनीले पत्रपत्रिका, आफ्ना सामाजिक सञ्जाललगायत सञ्चार माध्याममार्फत “नेपालकै नं १”अभियान सार्वजनिक गरी तथ्य परक प्रमाणहरु प्रस्तुत गर्दै एउटा अभियान नै सञ्चालन गर्यो । जुन अभियान(क्याम्पियन) लेसमेत बजारमा सकारात्मक प्रभाव पारेको छ ।

जीवन बीमाको विश्वसनीयता तथा जीवन बीमामा आकर्षण बढाउने उद्देश्यका साथ कम्पनीले पुष ६ गते देखि “नेपालकै नं. १”अभियान सार्वजनिक गरेको थियो । कम्पनीका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत सुशिल कुमार चौधरीले अभियानमार्फत कम्पनीलाई यस उचाईँसम्म पुर्याउन सकिएको जानकारी दिए ।

हरेक सुचकको अब्बलतालाई कायम गर्दै नेपाल लाइफ अगाडि बढ्दै आएको छ । जसलाई कम्पनीको समग्र वित्तीय सूचकलेसमेत प्रष्ट पार्दछ । आ.व. २०७८/७९ को पहिलो त्रैमास अन्त्य सम्म कम्पनीसँगरु ११८.७६ अर्बको सर्वाधिक जीवन बीमा कोष, २९ लाख ८३ हजार १६ सर्वाधिक बीमा लेख जारी, ४०.५० अर्बको सर्वाधिक दावी भुक्तानी, ७.१९अर्बको सर्वाधिक चुक्ता पुँजी रहेको छ । साथै अधिकांश सुचकांकले नेपाल लाइफ जीवन बीमा क्षेत्रमा अब्बल सावित भएको कम्पनीले जनाएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK