काठमाडौं । नेपाल राष्ट्र बैंकले ३ अर्ब ५ करोड रुपैयाँ मुद्दत्ती निक्षेपमा लगानी गर्ने भएको छ । बैंकले सो रकम वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुको १ वर्ष अवधिको लागि मुद्दत्ती निक्षेपमा लगानी गर्ने भएको हो । राष्ट्र बैंकका अनुसार ‘क’ वर्गका वाणिज्य बैंकमा २ अर्ब ४४ करोड रुपैयाँ, ‘ख’ वर्गका विकास बैंकहरुमा ४५ करोड ७५ लाख रुपैयाँ र ‘ग’ वर्गका वित्त कम्पनीहरुमा १५ करोड २५ लाख रुपैयाँ गरी कुल ३ अर्ब ५ करोड रुपैयाँ मुद्दत्ती निक्षेपमा लगानी गर्ने भएको हो ।
निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्थाहरुले आफुले लिन चाहेको रकम तथा उक्त रकममा प्रदान गर्ने ब्याजदर समेत उल्लेख गरी मंसिर २१ गते ४ बजेसम्ममा बोलकबोल पेश गर्नुपर्नेछ । यो निक्षेप लिनका लागि बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा २ वर्ष पूरा गरेको हुनुपर्नेछ भने राष्ट्र बैंकले तोकेको न्यूनतम पुँजी कोष कायम हुनुपर्नेछ ।
यस्तै निष्कृय कर्जा सापटीको ५ प्रतिशत भन्दा कम हुनुपर्ने, खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा २० प्रतिशत वा सो भन्दा बढी रहेको हुनुपर्ने, समस्याग्रस्त घोषणा भएको भए फुकुवा भएको ६ महिना अवधि पूरा भएको तथा सर्वसाधारणको लागि छुट्याइएको सेयर जारी गरिसकेको हुनुपर्नेछ । राष्ट्र बैंकले यो रकम २०७८ पुस १ गतेदेखि २०७९ मंसिर २९ गते सम्मका लागि मुद्दति निक्षेपमा राख्न लागेको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्