काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार नेप्से परिसूचक घटेको छ । मंगलबारको तुलनामा नेप्से परिसूचक ४.२३ अंकले घटेर २४१४.६२ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार बुधबार कुल २२८ कम्पनीको ९८ लाख ७९ हजार १०९ कित्ता सेयर खरिद बिक्री हुँदा ४ अर्ब ५८ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार महालक्ष्मी विकास बैंकको भएको छ । यस कम्पनीको १६ करोड ५८ लाख ६२ हजार ०८३ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । आज ५ उपसमूह बाहेक सबै उपसमूहका उप-परिसूचक बढेका छन् ।
यस्तै बुधबारको सेयर बजारमा नयाँ सारथी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ५ प्रतिशतभन्दा बढीले घटेको हो । नयाँ सारथीको सेयरमा यस्तो गिरावट आउँदा जानकी फाइनान्स, मञ्जुश्री फाइनान्स, एनआइबिएल प्रगती फण्ड, स्वाभिमान लघुवित्त वित्तीय संस्थामा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् बुधबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने टप १० कम्पनीहरुको सूचीः

यसैबीच बुधबारको बजारमा सबैभन्दा बढी कारोबार महालक्ष्मी विकास बैंकको भएको छ । यस कम्पनीको १६ करोड ५८ लाख ६२ हजार ०८३ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । यस अलावा नेशनल हाईड्रोपावर कम्पनी, अपि पावर कम्पनी, नबिल बैंक, हिमालयन डिस्टिलरी, अरुण काबेली पावर, अरुण भ्याली हाईड्रोपावर डेभलपमेन्ट कम्पनी, मञ्जुश्री फाइनान्स, हाइड्रोइलेक्ट्रीसिटि इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी, आइसिएफसि फाइनान्सको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् बुधबार सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यसैगरी बुधबारको सेयर बजारमा सामलिङ पावर कम्पनीका लगानीकर्ताले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको हो । यस अलावा दिव्यश्वरी हाइड्रोपावर, आँखु खोला जलविद्युत कम्पनी, आइसिएफसि फाइनान्स, बेष्ट फाइनान्सका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् बुधबार सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्