Skip to content
LAXMI SUNRISE BANK

नेप्सेमा ५% को सर्किट ब्रेक, ४० मिनेटको लागि कारोबार स्थगित

अर्थ सरोकार

काठमाडौँ । साताको कारोबारको तेस्रो दिन मंगलबार नेप्सेमा उच्च उछाल आएसंगै सर्किट ब्रेक लागेको छ । नेप्से सूचक ५ प्रतिशतले बढेपछि नेप्सेमा सर्किट ब्रेक लागेको हो । १२ बजेर ३८ मिनेटमा नेप्से सूचक ५.०१ प्रतिशत अर्थात् ११४.२५ अंकले बढेको छ । नेप्से सूचक ५ प्रतिशतले बढेसंगै ४० मिनेटको लागि कारोबार स्थगित भएको छ ।
सो अवधिमामा नेप्से सूचक २३९५.९३ को बिन्दुमा पुगेको छ । हालसम्म २१८ कम्पनीका ३२ लाख ६४ हजार ३ सय ५८ कित्ता शेयर खरीद बिक्रिबाट १ अर्ब ४५ करोड ६० लाख ८३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । अब १ः१८ मा बजार खुल्नेछ
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK