काठमाडौं । आज आइतबार सेयर बजार बन्द भएको छ । सरकारले आज आइतबार उधौली पर्व, योमरी पुन्ही– ज्यापु दिवस (धान्य पूर्णिमा) को अवसरमा काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिने निर्णय गरेसंगै सेयर बजार पनि बन्द भएको हो ।
अब बजार सोमबार बिहान ११ बजे खुल्नेछ । यसअघि बिहिबार नेप्से परिसूचक ३७.८७ अंकले घटेर २३ सय ७६.७४ बिन्दुमा रोकिएको थियो । सो अवधिमा २ अर्ब ३० करोड १७ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।