×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘एमकेटी अप्सन’बाट चलखेल बढेको निष्कर्षसहित क्लोजिङ प्राइसको फर्मुला परिवर्तन गर्दै नेप्से, ‘एमकेटी अप्सन’ भयो घाडो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

‘एमकेटी अप्सन’बाट चलखेल बढेको निष्कर्षसहित क्लोजिङ प्राइसको फर्मुला परिवर्तन गर्दै नेप्से, ‘एमकेटी अप्सन’ भयो घाडो

Artha Sarokar

१५ पुष २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) ले क्लोजिङ प्राइसको फर्मुला परिवर्तन गर्ने भएको छ । सिमित व्यक्तिको समूह मिलेर (एमकेटी) अप्सनबाट सेयर मूल्यमा अत्याधिक चलखेल हुन थालेपछि नेप्सेले क्लोजिङ प्राइसको फर्मुलानै परिवर्तन गर्ने भएको हो ।

नेप्सेले अन्तिम कारोबार मूल्यलाई नभएर अर्कै मूल्यलाई क्लोजिङ प्राइस बनाउने गरी तयारी गरिरहेको छ । सो अप्सनबाट सिमित व्यक्ति वा सिमित समूहले एकै दिन कुनै पनि कम्पनीको सेयर खरिद-बिक्री गर्दा सेयर मूल्य उच्च दरले घटबढ हुने गरेको छ । यद्यपि लिमिट अप्सनबाट भने अर्डर राख्दा २ प्रतिशत मात्रै तलमाथि हुने व्यवस्था थियो ।

नेप्सेले नै मार्केट अप्सनमा एकै दिनमा सेयर मूल्यमा २ प्रतिशत भन्दा बढी घटबढ हुने बताएको छ । यता केहिदिन अघि मात्रै पनि सिमित समूह मिलेर गोर्खाज फाइनान्सको सेयर मुल्यमा एमकेटी अप्सनको प्रयोग गरी एकै कारोबारमा ७ प्रतिशतले मूल्य बढाएको पाइएको थियो ।
पछिल्लो समय एमकेटी अप्सनको प्रयोग गरी सेयर मूल्यमा चलखेल भइरहेको छ । जस कारण नेप्सेले लगानीकर्ताको मारमा नपरुन भनेर क्लोजिङ प्राइसको फर्मुलानै परिवर्तन गर्न लागेको जनाएको छ । क्लोजिङ प्राइस गणनाको सुत्र  परिवर्तन गर्दा समस्या केही हदसम्म समाधान हुने बताइएको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी