×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनएमबि बैंक र हिमालय दृश्य होटेलबीच सम्झौता, होटलको खानामा १० प्रतिशत र आवास सुबिधामा २० प्रतिशत छुट पाईने

GLOBAL IME BANK
SHREE KESH

एनएमबि बैंक र हिमालय दृश्य होटेलबीच सम्झौता, होटलको खानामा १० प्रतिशत र आवास सुबिधामा २० प्रतिशत छुट पाईने

१६ पुष २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । एनएमबि बैंक र हिमालय दृश्य होटेल, धुलिखेलबीच सम्झौता भएको छ । उक्त सम्झौता अनुसार खानामा १० प्रतिशत तथा आवास सुबिधामा २० प्रतिशत सम्म छुटको व्यवस्था गरिएको हो । सम्झौतापत्रमा एनएमबि बैंकका एरिया म्यानेजर निरन श्रेष्ठ र हिमालय दृश्यका एशोसिएट डाईरेक्टर सेल्स एण्ड मार्केटिङ बबिता पाण्डेले हस्ताक्षर गर्नुभएको छ ।

अत्याधुनिक बैँकिङ्ग सुबिधा, विद्युतीय भुक्तानी अभिबृद्धिका साथै अन्य अतिरिक्त सेवामा पनि सहजता मिलोस् भन्ने उद्देश्यले एनएमबि बैंकले छुटको लागी सहकार्य गरेको हो । बैंकले आफ्नो सेवाहरु वृद्धि गर्ने क्रममा यस्ता सुविधाहरु ग्राहक माझ प्रस्तुत गर्दै आइरहेको छ । छुट सम्बन्धि थप जानकारी एनएमबि बैंकको वेवसाईट www.nmb.com.np को NMB Visa Card Discount सेक्सनमा गएर प्राप्त गर्न सकिनेछ ।

एनएमबि बैंकले हाल देशभरी २०१ शाखा, १३८ एटीएमहरू, ९ एक्सटेन्सन काउन्टरहरूमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेका छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: