×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

१५.८ प्रतिशत लाभांश पारित गर्न कहिले हुँदैछ एनएमबि बैंक लिमिटेडको वार्षिक साधारणसभा ? कहिले गर्दैछ बुक क्लोज ?

PRIME CA
GLOBAL IME BANK

१५.८ प्रतिशत लाभांश पारित गर्न कहिले हुँदैछ एनएमबि बैंक लिमिटेडको वार्षिक साधारणसभा ? कहिले गर्दैछ बुक क्लोज ?

५ पुष २०७८, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । एनएमबि बैंक लिमिटेडले लाभांश प्रस्ताव पारित गर्न वार्षिक साधारणसभाको मिति तय गरेको छ । बैंकले पुस २२ गते त्रिभुवन आर्मी अफिसर्स क्लब, टुँडिखेल काठमाडौंमा बिहान १०ः३० बजे वार्षिक साधारणसभा बोलाएको हो ।
सभामा गत आर्थिक वर्षको नाफाबाट १२.५% बोनस सेयर र करसहित ३.३% नगद गरी कुल १५.८% लाभांश वितरण गर्ने प्रस्ताव लैजानेछ । जसका लागि बैंकले बुधबार (पुस ७ गते) बुक क्लोज गर्ने भएको छ ।  जस अनुसार प्रस्तावित लाभांश पाउन र सभामा भाग लिन मंगलबारसम्म सेयरधनी बन्नुपर्नेछ ।
साथै बैंकको जारी पूँजी १६ अर्ब ३२ करोड रुपैयाँबाट बढाएर १८ अर्ब ३६ करोड रुपैयाँ पुर्याउने एजेन्डा पनि सभामा राखेको छ । बोनस वितरणपछि चुक्ता पूँजी वृद्धि हुने भएकाले सोही अनुसार प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि पेश हुनेछ । आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा पनि छलफल गरी पारित गर्ने प्रस्ताव छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: