×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनएमबि बैंकमा ‘नक्कली सेयर’ काण्ड ! एउटाको सेयर अर्कैको हो भनी सिफारिस लेख्ने कर्मचारीविरुद्ध वारेन्ट जारी !

LAXMI SUNRISE BANK
GLOBAL

एनएमबि बैंकमा ‘नक्कली सेयर’ काण्ड ! एउटाको सेयर अर्कैको हो भनी सिफारिस लेख्ने कर्मचारीविरुद्ध वारेन्ट जारी !

२६ मंसिर २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । पोखरास्थित मणिपाल शिक्षण अस्पताल किन्ने भनेर नेपाली डाक्टरलाई ठग्ने मलेशियन नागरिक शिवम भिरुमथुलाई नक्कली सिफारिसपत्र बनाएको पुष्टी भएपछी भागेका एनएमबि बैंकका कर्मचारी सञ्जिव महर्जनविरुद्ध प्रहरीले वारेन्ट जारी गरेको छ । उनले भिरुथुलाई उनको हुँदै नभएको सेयर उनको भनी सिफारिस पत्र लेखिदिएका थिए । एनएमबी बैंकमा मलेशियन कम्पनी योङ्ग लियानको ५० लाख कित्ता सेयर छ । बैंकका अधिकृत महर्जनले सो सेयर ‘भिरुमथुको हो’ भनेर पत्र बनाइदिएको खुलासा भएको छ । एनएमबि बैंकले लेखिदिएको सोही पत्र देखाएर उनले धेरै मान्छेलाई झुक्याई ठगेको अनुसन्धानबाट पत्ता लागेपछि एनएमबि बैंकका कर्मचारी महर्जनलाई प्रहरीले पक्राउ गर्ने प्रयास गरेको थियो । तर उनी भागेपछि उनका नाममा वारेन्ट जारी गरेको हो ।

भएको के हो ?

पोखरास्थित मणिपाल शिक्षण अस्पताल किन्ने भन्दै भुरुमथु पछिल्लो समय सक्रिय थिए । एनएमबि बैंकले बनाईदिएको फेक डकुमेन्टलाई देखाएर काठमाडौंस्थित एक अस्पतालमा कार्यरत वरिष्ठ डाक्टरलाई भिरुमथुले ३० लाख ठगेको उजुर परेपछि महानगरीय अपराध महाशाखाले कार्तिक २३ मा उनलाई पक्राउ गरेको थियो ।मणिपालमा ती वरिष्ठ डाक्टरले ४० प्रतिशत र ६० प्रतिशत आफुले लगानी गर्ने भनेर भिरुमथुले कुरा अघि बढाएर ठगेका थिए । बैंकमा आफ्नो हुँदै नभएको सेयर आफ्नो हो भनी एनएमबि बैंकबाट पत्र लेखाउन सफल भएपछी उनले त्यहि पत्रका आधारमा ठगी गर्दै आएका थिए । ‘आईसिआरसीको नेपालको निर्देशक हुँ’ भनेर प्रधानमन्त्री र गृह–सचिवलाई म्यासेज गर्ने भिरुमथुको सोहि पत्रका आधारमा उनले धेरैलाई रवाफ देखाउने गरेका थिए । यतिमात्र होइन उनले स्वास्थ्य मन्त्रालयबाट प्रशंसापत्र पाएको भन्दै नक्कली प्रशंसापत्रसमेत बनाउने गरेको र सोहि देखाएरसमेत ठग्ने गरेको प्रहरीले अनुसन्धानबाट पत्ता लगाएको छ ।

एनएमबि बैंकबाट सो पत्र लिनका लागि बैंकको उच्च तहमै उनले ‘सेटिङ मिलाएको’ र सोका लागि उनले बैंकरलाई घुससमेत खुवाएको हुनसक्ने बारे प्रहरीले थप अनुसन्धान गरीरहेको छ ।  ठगी पुष्टी भएपछी उनलाई जिल्ला अदालत काठमाडौंले थुनामा राख्न आदेश गरेको छ । जिल्ला अदालत काठमाडौंको आदेशले उनलाई पुर्पक्षका लागी डिल्लीबजार कारागारमा थुनामा राखिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) दिनेशराज मैनालीले पुष्टी गरेका छन् ।

एनएमबि बैंकले केहि समय अगाडी बैंक अफ दी एयर एशियाको अवार्डसमेत हात पारेको थियो । हरेक महिनाजसो केहि न केहि काण्ड परिरहने एनएमबि बैंकमा यसअघि पनि यस्ता थुप्रै काण्डहरु भईसकेका छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी