Skip to content
LAXMI SUNRISE BANK

पूँजीबजारका अहितकारहरुलाई ‘नो भोट’ भन्दै क्वालिटी ब्याङ्क्वेटमा उर्लियो ‘जनसागर’ !

अर्थ सरोकार

काठमाडौं । पूँजीबजारका अहितकारहरुलाई ‘नो भोट’ भन्दै लगानीकर्ताहरु बुद्धनगरस्थित क्वालिटी ब्याङ्क्वेटमा जम्मा भएका छन् । लगानीकर्ताका विभिन्न संघ संगठनका प्रतिनिधिसहित लगानीकर्ताहरु जम्मा भएका हुन् ।

आजको भेलाले अबको सेयर बजारमा लगानीकर्ताले आन्दोलनको रणनिती बनाउने कार्यक्रम छ ।

कार्यक्रममा अग्रज लगानीकर्ता अम्बिका पौडेल, छोटेलाल रौनियार, सेयर बजारका बादसाह निर्मल प्रधान, इन्भेस्टर्स फोरमका प्रतिनिधी, नेपाल पूँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेल, स्वतन्त्र पूँजी बजार संघका अध्यक्ष रोहन कार्की, सेयर लगानीकर्ता दबाब समूहका संयोजक हरि ढकाल लगायतकाको उपस्थिति रहेको छ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK