×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बैंक तथा वित्तीय संस्थाको निक्षेप एकैदिन ५ अर्ब रुपैयाँले घट्यो, कर्जा लगानी पनि खुम्चियो

PRIME CA
GLOBAL IME BANK

बैंक तथा वित्तीय संस्थाको निक्षेप एकैदिन ५ अर्ब रुपैयाँले घट्यो, कर्जा लगानी पनि खुम्चियो

९ पुष २०७८, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप एकैदिन ५ अर्ब रुपैयाँले घटेको जनाएको छ । राष्ट्र बैंकको तथ्यांक अनुसार बैंक तथा वित्तीय संस्थाहरु निक्षेप पुस ७ गते एकैदिन ५ अर्ब रुपैयाँले घटेको हो ।
योसँगै बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ४८ खर्ब ८ अर्ब रुपैयाँमा सिमित भएको छ । गत पुस ६ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ४८ खर्ब १३ अर्ब रुपैयाँ रहेको थियो । यस्तै राष्ट्र बैंकले पुस ७ गते वाणिज्य बैंकहरुको निक्षेप एकैदिन ४ अर्ब रुपैयाँले घटेको जनाएको छ । गत पुस ६ गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४२ खर्ब ४२ अर्ब रुपैयाँ रहेकोमा मंसिर ७ गते घटेर ४२ खर्ब ३८ अर्ब रुपैयाँमा झरेको छ।
बैंक तथा वित्तीय संस्थाहरुको कर्जा लगानी पनि १ अर्ब रुपैयाँले घटेको छ । गत पुस ६ गतेसम्म कुल कर्जा लगानी ४६ खर्ब ५ अर्ब रुपैयाँ रहेकोमा पुस ७ गते घटेर ४६ खर्ब ४ अर्ब रुपैयाँमा झरेको छ। वाणिज्य बैंकहरुको कर्जा लगानी पनि ४० खर्ब ८८ अर्ब रुपैयाँबाट घटेर ४० खर्ब ८७ अर्ब रुपैयाँमा झरेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: