काठमाडौं । ओरियन्टल इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २ करोड ५४ लाख रुपैयाँ नाफा कमाएको वित्तीय विवरण सार्वजनिक गरेको हो । कम्पनीको यो नाफा अघिल्लो वर्ष भन्दा २६३.६३% ले धेरै हो ।
कम्पनीले अघिल्लो वर्षको सोहि अवधिमा ६९ लाख ८५ हजार रुपैयाँ मात्र नाफा कमाएको थियो । कम्पनीले खुद बिमा शुल्क २२.४५% ले बढाएर २८ करोड ४० लाख रुपैयाँ पुर्याएको छ । गत वर्ष यसले २३ करोड १९ लाख रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो ।
यस्तै कम्पनीको खुद दाबी भुक्तानी भने १७ करोड २६ लाख रुपैयाँबाट घटेर २ करोड ७९ लाख रुपैयाँमा झरेको छ भने बिमा कोषको आकार ७९ करोड ५५ लाख रुपैयाँबाट बढेर ९९ करोड १३ लाख रुपैयाँ पुगेको छ । कम्पनीको जगेडा कोषमा भने १५ करोड २५ लाख रुपैयाँ रहेको सार्वजनिक वित्तीय विवरणमा उल्लेख छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्