×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देश बोल्ने फोटो कथा : बजार लैजान गोलभेंडा टिप्दै कञ्चनपुरका कृषक, चिसोका कारण मनाङ्गी जनजीवन कष्टकर

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

देश बोल्ने फोटो कथा : बजार लैजान गोलभेंडा टिप्दै कञ्चनपुरका कृषक, चिसोका कारण मनाङ्गी जनजीवन कष्टकर

Artha Sarokar

१३ पुष २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ ।

आज कुन-कुन ठाउँमा के-के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । आजको अंकमा हामीले बजार लैजान गोलभेंडा टिप्दै कञ्चनपुरका कृषकदेखी चिसोका कारण मनाङ्गी जनजीवन कष्टकरसम्मका तस्विरलाई फोटोमा समेटेका छौं ।

हेरौं फोटो समाचार :

कञ्चनपुरको बेलौरी नगरपालिका–३, पणावका धमलराज चौधरी खेतमा गोलभेंडा टिप्दै । दुई विघा खेतमा व्यावसायिक तरकारी खेती गरेर  वार्षिक सात लाख आम्दानी हुने चौधरी  बताउनुहुन्छ ।

यही पुस ११ देखि परेको हिमपातले मनाङका तल्लो भेगसम्म हिँउ परेपछि चिसोका कारण यहाँका सर्वसाधारणको जनजीवन कष्टकर  ।

तनहुँको घिरिङ गाउँपालिका–४ जगौलीका स्थानीय महिला जङ्गलबाट दाउरा खोजेर घरतर्फ फर्किदै ।

स्तरोन्नति हुँदै गरेको ताप्लेजुङको सुकेटार विमानस्थल ।

शुक्लाफाँटा नगरपालिका– ८ धारापानीका स्थानीयलाई खानेपानीको व्यवस्था पुर्याउनका लागि ल्याइएका पाईप । शुद्ध पेयजलको व्यवस्था नहुँदा यस क्षेत्रका बासिन्दाले वर्षौदेखि खोलाको पानी पिउँदै आएका छन् ।

सुदूरपश्चिम प्रदेशको बझाङमा अवस्थित साइपाल हिमाल ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी