×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रचण्डको दाबी-‘पूँजीबादबारे मैले गरेको टिप्पणी सहि छ, हाम्रो पार्टी सेयर लगानीकर्ताकै पक्षमा छ’

PRIME CA
GLOBAL IME BANK

प्रचण्डको दाबी-‘पूँजीबादबारे मैले गरेको टिप्पणी सहि छ, हाम्रो पार्टी सेयर लगानीकर्ताकै पक्षमा छ’

१ पुष २०७८, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । सेयर बजारप्रति नकारात्मक टिप्पणी गरेर चरम विवादमा आएका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफ्नो पार्टी सेयर लगानीकर्ताहरुको पक्षमा रहेको बताएका छन् । केही दिन अघि दिएको अभिव्यक्तिलाई लियेर चौतर्फी आलोचना भएपछी अन्तत: उनले विज्ञप्ति नै निकालेर यस्तो बताएका हुन् ।
अध्यक्ष प्रचण्डले दलाल पूँजीपति वर्ग र प्रतिगमनको राजनैतिक प्रतिनिधिका रुपमा देखा परेका एमाले गुटका अध्यक्ष के.पी. शर्मा ओलीले आफु झुट, बेइमानी र धोकाको अर्को नाम हो भन्ने तथ्यलाई हालको अभिव्यक्तिबाट पुनः प्रमाणित गरेको पनि टिप्पणी गरे ।
यस्तै पूर्व राजा ज्ञानेन्द्र शाहसँग प्रचण्डको पाँच बुँदे सहमति भएको थियो भन्ने शत प्रतिशत झुटो कुरा प्रचार गरेर उनले आफ्नो दरिद्र राजनैतिक चरित्र मात्र प्रदर्शन गरेको विज्ञप्तिमा उल्लेख गरेका छन् । प्रचण्डले ओलीलाई “पाँच बुँदे सहमति” प्रमाणित गर्न र प्रमाणित गर्न नसके झुटो बोलेकोमा जनतासँग माफी माग्न चुनौती दिएका छन् ।
साथै अध्यक्ष प्रचण्डले ओली मार्क्सवाद र कम्युनिष्ट सिद्धान्तबाट कोसौं टाढा भागेको पनि बताएका छन् । प्रचण्डले भूमण्डलीकृत साम्राज्यवाद र वित्तिय एकाधिकार पूँजीवादबारे गरेको विश्लेषण माथि गरिएको टिप्पणीलाई दलाल पूँजीपति वर्गको एजेण्टको टिप्पणीका रुपमा खारेज गरेको बताएका छन् ।
यस्तै आजको पूँजीवादको चरित्रबारे आफुले गरेको विश्लेषण सही रहेको दाबीसहित प्रचण्डले नेपालको शेयर बजारका सन्दर्भमा आफ्नो पार्टी र आफुसमेत लाखौं लगानीकर्ताहरुको हितको पक्षमा रहेको स्पष्ट परेका छन् । दलाल पूँजीपतिहरुको झुटो प्रचारबाट भ्रमित नहुन प्रचण्डले शेयर होल्डरहरुसंग अनुरोध पनि गरेका छन् ।
केहिदिन अघि प्रचण्डले पूँजी बजारप्रति नकारात्मक टिप्पणी गरेपछि चरम विवादमा तानिएका थिए । उनको चौतर्फी विरोधसमेत भएको थियो । सोहि क्रममा बुधबार एमालेका ४४ केन्द्रीय सदस्यहरुलाई शपथ ग्रहण गराउने कार्यक्रममा बोल्दै ओलीले प्रचण्डलाई चन्दा नपाए पूँजीबजार डुबाउनको लागि साम्राज्यवादीको विकसित रूप भनेको बताएका थिए ।
अध्यक्ष ओलीले भने ‘कुन चैँ सेयर कारोबारीले चन्दा दिएन होला र त्यसको रिसमा प्रचण्डले गलत बोले ।’ आफूलाई लेनिनभन्दा दुई कदमअघि देखाउन खोज्दै प्रचन्डले सेयर बजारलाई साम्राज्यवादीको विकसित रुप भनेको आरोप लगाएका हुन् । ‘लेनिनले भनेका थिए– पुँजीवाद विकसित भएर साम्राज्यवाद हुन्छ,’ उनले भने ‘तर प्रचण्डले त सेयर बजारलाई साम्राज्यवादको विकसित रुप नै भनिदिए । यो गलत छ ।’

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: