×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

‘ढुक्कसँग नेपालमा लगानी गर्नूस्, सम्पत्तिको सुरक्षा हुन्छ’ : प्रधानमन्त्री देउवा (भिडियो)

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा लगानीको वातावरण सहज तुल्याउन र व्यवसायको लागत घटाउन सरकारले कुनै कसर बाँकी नराख्ने बताउनु भएको छ । आर्थिक पत्रकार समाज (सेजन) को रजत जयन्ती कार्यक्रममा बोल्दै उहाँले स्वदेशी तथा विदेशी लगानीकर्तालाई ढुक्क भएर नेपालमा लगानी गर्न आग्रह गर्नुभयो । प्रधानमन्त्री देउवाले भन्नुभयो, नेपालमा तपाईंको लगानी र सम्पत्तिको सुरक्षा हुन्छ, त्यसको ग्यारेन्टी सरकारले लिन्छ भन्नेमा म विश्वास दिलाउन चाहन्छु ।’

साथै उहाँले आर्थिक पुनरुद्धारलाई अगाडि बढाउन सरकार तयार रहेको बताउनु भयो । कोभिड-१९ को महामारी नसकिए पनि मुलुक सामान्य अवस्थातिर फर्किएको उहाँको भनाइ छ । उहााले भन्नुभयो, ‘अब आर्थिक पुनरूत्थानलाई तीव्रताका साथ अघि बनाउन सरकार प्रतिबद्ध छ । मुलुकमा लगानीको वातावरण बनाइने छ ।’

उहाँले मुलुकमा दोस्रो चरणको सुधार आवश्यक रहेको भन्नुहुँदै प्रजातन्त्रको स्थापनापछि मुलुकमा आर्थिक क्षेत्रमा खुला बजार नीतिको सुरुआत भएको बताउनुभयो । मुलुकमा आर्थिक सुधार गरिएका केही निजी लगानी वृद्धि भएको भन्नुहुँदै उहाँले उद्योग, बैंक तथा वित्तीय संस्थाहरू, वायुसेवा कम्पनी जलविद्युुतमा उदाहरणीय काम गरेको बताउनुभयो ।

कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्माले अहिलेको खर्च प्रणालीले भने अनुसार लक्ष्य प्राप्त नभइरहेकाले नयाँ विधि अवलम्बन गर्नुपर्नेमा जोड दिएका छन् । नयाँ प्रणाली ल्याउने बारे पनि छलफल भइरहेको उहाँले जानकारी दिनुभयो । उहाँले विकासका सानाति कामहरूमा पनि अदालतको ‘स्टे अर्डर’ ले विकासमा ढिलाइ हुने गरेको बताउनुहुँदै विकासका लागि विशेष कानुनको चाहिने बताउनुभयो ।

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: