काठमाडौँ । सेयर विश्लेषक रबिन्द्र भट्टराईले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले पूँजीबजारको बारेमा दिएको अभिव्यक्तिमा प्रश्न गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै प्रचण्डलाई सेयर बजारमा कारोबार हुने कम्पनी कसरी साम्राज्यवादी भए ? भन्दै प्रश्न गरेका हुन् ।
‘सेयर बजारमा कारोबार हुने कम्पनी र लगानीकर्ता त नेपालकै मात्र छन् । यी कसरी साम्राज्यवादी भए ? बरु लगाउने कपडा, घडी, जुत्ता, चप्पल, जेल, टाईसुट आदि चाहिँ विदेशीमा पर्छन, यी कुराले पो साम्राज्य फैलाए कि ? ‘ भट्टराईले फेसबुकमा लेखेका छन् ।
प्रचण्डले शनिबार सेयरबजारलाई पूँजीवादी साम्राज्यवादको विस्तारित रुप भन्दै सार्वजनिक रुपमा अभिव्यक्ति दिएका थिए । प्रचण्डको सो अभिव्यक्तिपछि सेयर बजारमा ठुलो अंकको पहिरो गएको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्