Skip to content
LAXMI SUNRISE BANK

५२ अर्ब रुपैयाँ बैंकिङ प्रणालीमा पठाउने तयारीमा राष्ट्र बैंक, तरलता व्यवस्थापनमा सहज हुने

अर्थ सरोकार

काठमाडौँ । नेपाल राष्ट्र बैंकले यो एक हप्ताभित्र ५२ अर्ब रुपैयाँ बैंकिङ प्रणालीमा पठाउने भएको छ । आर्थिक पत्रकारहरुसँगको अन्तरकृया कार्यक्रममा राष्ट्र बैंकका बैंक तथा वित्तीय संस्था नियमन विभाग प्रमुख देवकुमार ढकालले तरलता प्रवाहका लागि राष्ट्र बैंकले यो एक हप्ताभित्र ५२ अर्ब रुपैयाँ बैंकिङ प्रणालीमा पठाउने बताएका हुन्।
राष्ट्र बैंकले पुष ६ गतेमात्रै ९२ अर्ब रुपैयाँ पुनर्कर्जा स्वीकृत गरेको छ । जसमध्ये ५२ अर्ब रुपैयाँ यहि साताभित्र र बाँकी ४० अर्ब रुपैयाँ यहि महिनाभित्र बैंकिङ प्रणालीमा आउनेछ । ९२ अर्ब रुपैयाँ प्रकृया तथा रित पुर्याएर नै स्वीकृत भएको पुनर्कर्जा भएको उनले बताए ।
उनका अनुसार यो पुनर्कर्जा बैंक तथा वित्तीय संस्थाहरुलाई एकमुष्ट रुपमा उपलब्ध गराइन्छ। बैंक तथा वित्तीय संस्थाहरुले ग्राहक पहिचान गरी उनीहरुलाई यो कर्जा उपलब्ध गराउँछन । यस्तो कर्जाको सिमा अधिकतम ५ करोड रुपैयाँसम्मको हुन्छ । साथै केहि अर्ब रुपैयाँ सहुलियतपूर्ण कर्जाको रुपमा बैंकिङ प्रणालीमा जाने भएकाले करिब १ खर्ब रुपैयाँ बराबरको रकम बैंकिङ प्रणालीमा जानेछ । यसले तरलता व्यवस्थापनमा केहि सहज हुने ढकालको भनाई छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK