×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘४ महिनामा ३ खर्ब ९२ अर्ब ४२ करोड रेमिट्यान्स भित्रियो’ : राष्ट्र बैंक

LAXMI SUNRISE BANK
GLOBAL

‘४ महिनामा ३ खर्ब ९२ अर्ब ४२ करोड रेमिट्यान्स भित्रियो’ : राष्ट्र बैंक

२९ मंसिर २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो ४ महिनामा ३ खर्ब ९२ अर्ब ४२ करोड रेमिट्यान्स भित्रिएको छ । राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा विप्रेषण आप्रवाह ७.५ प्रतिशतले कमी आई  ३१२ अर्ब ४२ करोड कायम भएको जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ११.२ प्रतिशतले बढेको थियो ।
यस्तै अमेरिकी डलरमा विप्रेषण आप्रवाह ७.८ प्रतिशतले कमी आई २ अर्ब ६३ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ६.४ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या उल्लेख्य रुपमा वृद्धि भई ९६,३८२ पुगेको छ ।
वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा २४९.१ प्रतिशतले वृद्धि भई ५९,७२३ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ७८.९ प्रतिशतले घटेको थियो । राष्ट्र बैंकले समीक्षा अवधिमा खुद ट्रान्सफर ७.४ प्रतिशतले कमी आई ३४५ अर्ब ६५ करोड पुगेको जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ८.९ प्रतिशतले बढेको थियो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी