×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा २८ करोड ६ लाख रुपैयाँ लगानी गर्दै नेपाल राष्ट्र बैंक

PRIME CA
GLOBAL IME BANK

बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा २८ करोड ६ लाख रुपैयाँ लगानी गर्दै नेपाल राष्ट्र बैंक

१५ पुष २०७८, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा २८ करोड ६ लाख रुपैयाँ लगानी गर्ने भएको छ । राष्ट्र बैंकले आफ्नो विभिन्न कोषमा रहेको रकम २०७८ माघ २ गतेदेखि २०७९ माघ १ गतेसम्म मुद्दति निक्षेपमा लगानी गर्न लागेको हो ।
यसबाट बैंक तथा वित्तीय संस्थामा तरलता सहज पार्न सजिलो हुनेछ । राष्ट्र बैंकबाट मुद्दति निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्थाले पुस १८ गते दिउँसो २ बजेसम्म आफूले लिन चाहेको रकम तथा उक्त रकमका लागि प्रस्ताव गरिएको ब्याजदर समेत खुलाए पेश गर्नुपर्नेछ ।
राष्ट्र बैंकले ‘क’ वर्गका वाणिज्य बैंकमा २२ करोड ४६ लाख रुपैयाँ, ‘ख’ वर्गको विकास बैंकमा ४ करोड २० रुपैयाँ ‘ग’ वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीहरुमा १ करोड ४० लाख रुपैयाँ लगानी गर्न लागेको हो । आवेदन दिनका लागि बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको २ वर्ष हुनुपर्ने, निष्कृर्य कर्जा कुल कर्जा सापटको ५% भन्दा कम भएको हुनुपर्नेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: