×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राष्ट्र उत्थान लघुवित्तले बोलायो पुस १५ गते वार्षिक साधारणसभा, यस्ता छन् पेश गरिने विशेष प्रस्तावहरु

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

राष्ट्र उत्थान लघुवित्तले बोलायो पुस १५ गते वार्षिक साधारणसभा, यस्ता छन् पेश गरिने विशेष प्रस्तावहरु

Artha Sarokar

२१ मंसिर २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले पुस १५ गते वार्षिक साधारणसभा बोलाएको हो । सभा कम्पनीको केन्द्रीय कार्यालय साँगा बनेपामा दिउँसो १ बजे सुरु हुने भएको छ । सभामा अन्य कुनै कम्पनीहरुसँग मर्जर तथा प्राप्ति सम्बन्धि निर्णय गर्ने सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पेश हुनेछ । यस्तै आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन, अध्यक्षको प्रतिवेदन र लेखापरीक्षक नियुक्ति गर्ने एजेण्डा पनि रहेको छ ।

कम्पनीले ८ लाख ५० हजार कित्ता आइपीओ निष्कासन पनि गर्ने भएको छ । आइपीओ निष्कासन गर्न कम्पनीले बोर्डसँग अनुमति पनि मागेको छ । अब बोर्डले अनुमति दिएपछि कम्पनीले आइपीओ निष्कासन प्रकृया अघि बढाउने भएको छ । कम्पनीको आइपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइबीएल एस क्यापिटल लिमिटेड रहेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी