×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राष्ट्रिय वाणिज्य बैंक र राष्ट्रिय परीक्षा बोर्डबीच सम्झौता, बोर्डका कर्मचारीहरुको जीवनयापनमा विशेष योगदान पुग्ने विश्वास

GLOBAL IME BANK
SHREE KESH

राष्ट्रिय वाणिज्य बैंक र राष्ट्रिय परीक्षा बोर्डबीच सम्झौता, बोर्डका कर्मचारीहरुको जीवनयापनमा विशेष योगदान पुग्ने विश्वास

१३ पुष २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र राष्ट्रिय परीक्षा बोर्ड बीच पेशाकर्मी सरल कर्जा प्रवाह गर्ने सम्बन्धमा सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले मंगलबार हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौता भएपश्चात दुईवर्ष सेवाअवधि पूरा गरेका बोर्डका कर्मचारीहरुलाई बोर्डको सिफारिसमा अधिकतम १५ लाख रुपैंया सम्म बैंकको उपभोक्ता कर्जा निर्देशिका, २०७७ को अधिनमा रही बैंकले पेशाकर्मी सरल कर्जा प्रवाह गर्ने छ । बैंकले आधार दरमा २ प्रतिशत प्रिमियम जोडी ब्याजदर कायम गरी कर्जा लगानी गर्ने छ । हाल बैंकको आधार दर ५.५१ प्रतिशत रहेको छ । सम्झौता अनुसार बोर्डको कर्मचारीहरुको तलबी खाता बैंकले संचालन गर्नेछ । यस सम्भौता पश्चात दुवै पक्ष लाभान्वित भई बोर्डका कर्मचारीहरुको सम्मानपूर्वक जीवनयापन गर्नमा विशेष योगदान पुग्ने विश्वास गरिएको छ ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले बिद्यार्थीहरुले बोर्डलाई बुझाउने शुल्कहरुलाई डिजिटल प्रविधिबाट भुक्तानी गर्ने व्यवस्था गर्न दुबै संस्था मिलेर अगाडि बढ्ने बताए । बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले दुई संस्थाबीचको लामो सम्बन्धलाई व्यवहारीक र बस्तुपरक बनाउदै लैजाने बताए । कार्यक्रममा बैंकका उपकार्यकारी अधिकृत देवेन्द्ररमण खनाल र बोर्डका लेखा नियन्त्रक राजु कार्कीले कार्यक्रमको विषयबस्तु बारे प्रकाश पारेको थिए ।

कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी, उपकार्यकारी अधिकृत सरस्वती अधिकारी, विभागीय प्रमुख पवन रेग्मी, राज्य लक्ष्मी खड्गी, शाखा प्रबन्धक सरोज कोईराला, उपप्रबन्धक खिलराज भट्टराईलगायत कर्मचारीहरुको उपस्थिति रहेको थियो । बैंकको सातै प्रदेश, ७७ वटै जिल्लामा २५७ वटा शाखा कार्यालय, २४१ वटा एटिएम र ९८ वटा शाखारहित बैंकिङ रहेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: