×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सहकारीका सुरक्षागार्डको हत्या गरी रकम लुटपाट गर्ने व्यक्तिहरु पक्राउ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

सहकारीका सुरक्षागार्डको हत्या गरी रकम लुटपाट गर्ने व्यक्तिहरु पक्राउ

Artha Sarokar

१६ मंसिर २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सहकारीको सुरक्षा गार्डको हत्या गर्ने दुईजना युवक पक्राउ परेका छन् । दोलखाको गौरीशंकर गाउँपालिका-१ जुँगुस्थित हिमचुली बहुउद्देश्यीय सहकारीको सुरक्षा गार्डको हत्यामा संलग्न दुईजनालाई केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको हो ।

गौरीशंकर गाउँपालिका-१ घर भएका २७ वर्षीय बिक्रम कार्की र २० वर्षिय सुमन कार्कीलाई बिहिबार पक्राउ गरिएको हो । सहकारी संस्थामा कार्यरत सुरक्षा गार्ड ६७ वर्षीय पूर्णबहादुर खड्काको कार्तिक १० मा हत्या भएको थियो । कार्तिक ११ मा सहकारीबाट ४ सय मिटर पर चिहानडाँडास्थित जंगलमा उनको शव फेला परेको थियो ।

बिक्रम कार्की र सुमन कार्कीले कार्तिक १० मा राति काठमाडौंबाट गएर सुरक्षागार्डको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । हत्यापछि सहकारीबाट १ लाख ८५ हजार ७ सय ८० रुपैयाँ लुटेर उनीहरु जिल्ला सदरमुकाममा चरिकोट फर्केका थिए । सीआईबीले विक्रमलाई काठमाडौंको तीनकुनेबाट र सुमनलाई चुच्चेपाटीबाट पक्रेर थप अनुसन्धानका लागि दोलखा पठाएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी