Skip to content
LAXMI SUNRISE BANK

सानिमा बैंकको प्रमुख कार्यकारी अधिकृतमा पाण्डे नियुक्त

अर्थ सरोकार

काठमाडौं । सानिमा बैंकको प्रमुख कार्यकारी अधिकृतमा निश्चलराज पाण्डे नियुक्त भएका छन् । बैंकले माघ १२ गतेदेखि बैंकको व्यवस्थापन सम्हाल्ने गरी पाण्डेलाई नियुक्त गरेको हो । सिइओ भुवन दहाल दुई कार्यकाल पुरा गरेर माघ ११ गतेबाट अवकाश हुने भएका छन् ।

पाण्डे यसअघि विभागीय प्रमुखको जिम्मेवारीमा थिए । उनलाई प्रमुख कार्यकारी अधिकृत बनाउने भएपछि बैंक सञ्चालक समितिले डेपुटी प्रमुख कार्यकारी अधिकृतमा बढुवा गरिसकेको छ ।

पाण्डे जोखिम र ऋण प्रवाहमा अब्बल मानिन्छन् । नबिल बैंकबाट बैंकिङ करियर सुरु गरेका उनी ८ वर्षअघि डेपुटी प्रमुख कार्यकारी अधिकृतमा रूपमा सानिमा बैंक गएका हुन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK