×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सप्तकोशी डेभलपमेन्ट बैंकमा १६ करोड रुपैयाँ हिनामिना !

LAXMI SUNRISE BANK
GLOBAL

सप्तकोशी डेभलपमेन्ट बैंकमा १६ करोड रुपैयाँ हिनामिना !

८ पुष २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

मोरङ । सप्तकोशी डेभलपमेन्ट बैंकमा १६ करोड रुपैयाँ हिनामिना भएको पाइएको छ । विराटनगरस्थित बैंकको कर्पोरेट कार्यालयमा कर्मचारीलगायतको मिलेमतोमा उक्त रकम हिनामिना भएको पाइएको हो ।
सो सम्बन्धमा जिल्ला प्रहरी मोरङले बैंकको कर्पोरेट कार्यालयका जनरल सर्भिस डिपार्टमेन्ट (जीएसडी) प्रमुख हिमाल भट्टराईलाई मंसिर १९ गते नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ । सोहि बैंकमा कार्यरत एक कर्मचारीले गोप्य रूपमा नेपाल राष्ट्र बैंकमा आर्थिक हिनामिना भइरहेकोबारे उजुरी गरेका थिए ।
सोपछि राष्ट्र बैंकले उक्त आर्थिक हिनामिनाको विषयमा बैंकलाई पत्राचार गरेको थियो । जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठका अनुसार बैंकमा ठगी भएको उजुरी आएपछि भट्टराईलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको र अनुसन्धानपछि बैंकिङ कसुर मुद्दा दर्ता गरेर कारबाही अघि बढाइने छ ।
यता भट्टराई एक्लैले सो कार्य गर्न नसक्ने र सो घटनामा बैंकका अध्यक्ष निरौला र सीईओ सुवेदीकोसमेत संलग्नता हुन सक्ने अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले बताए । राष्ट्र बैंकको विकास बैंक सुपरिवेक्षण विभाग र सीआईबीले पनि बैंकमा भएको आर्थिक हिनामिनाको अनुसन्धान गरिरहेको छ ।
पक्राउ परेका भट्टराई २०७१ सालदेखि बैंकको रेमिट्यान्सतर्फ जीएसडी प्रमुखमा छन् । प्रमुख भट्टराई, बैंकका सीईओ नवीन सुवेदीका फुपूका छोरा हुन् । सो घटना बाहिरिएपछि सञ्चालक समितिले बैंकका तत्कालीन अध्यक्ष तारानाथ निरौलालाई हटाएर मंसिर १ देखि लागु हुने गरी स्वतन्त्र सञ्चालक बराललाई अध्यक्षको जिम्मेवारी दिएको थियो ।
बैंकको केन्द्रीय कार्यालय धनकुटा र कर्पोरेट कार्यालय विराटनगरमा रहेको छ । बैंकले प्रदेश १ को मोरङ, सुनसरी, झापा, पाचथर, इलामलगायतका जिल्लाबाट बैंकिङ सेवा सेवा प्रवाह गरिरहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी