Skip to content
LAXMI SUNRISE BANK

‘पूँजीबजार विरोधी व्यक्ति तथा राजनीतिक दललाई आगामी चुनावमा नो भोट’, शिव चन्द्र डोनको पनि एक्यबद्दता !

अर्थ सरोकार

काठमाडौँ । नेपाली सेयर बजारका लगानीकर्तामाझ सामाजिक सञ्जालमा धेरैका आदर्श पात्र बनेका शिव चन्द्र डोनले ‘पूँजीबजार विरोधी व्यक्ति तथा राजनीतिक दललाई आगामी चुनावमा नो भोट’ अभियानमा एक्यबद्दता जनाएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा आफ्ना धारणा सार्वजनिक गर्दै सो अभियानमा आफ्नो पनि एक्यबद्दता रहेको जनाएका हुन् । केहि समययता सेयर लगानीकर्ताहरुले यो अभियान चलिरहेका छन् ।
हेर्नुहोस् उनको धारणा जस्ताको त्यस्तै :
बिगतमा १८ घण्टे लोडसेडिङको अन्त्य गरेका कारण अहिलेका अर्थमन्त्री श्री जनार्दन शर्मा प्रभाकर सबैको मन मुटुमा बस्न सफल भएका थिए । उनी अर्थमन्त्री बन्ने बित्तिकै आम लगानिकर्तामा अब सेयर बजारको अँध्यारो पनि हट्ने भो भनेर एउटा उत्साह छाएको थियो! तर अहिले आएर प्रमाणित भयो कि उनि त आवरण मात्र रहेछन् कुलामान भन्ने ईन्जिनले पो उनको आवरणलाई चम्काएको रहेछ ।
अहिले भने अर्थमन्त्री भएपछी उनले राम्रो ईन्जिन नपाएको कारण आफुलाई चम्काउन सकेका रहेनछन् भन्ने तथ्य अहिले आएर प्रमाणित भयो। कमरेड प्रभाकर मात्र हैन बिगतमा आफ्नो पहिलो कार्यकालमा चम्किएका गोकर्ण बिष्ट, लाल बाबु पंडित लगायत पनि आफ्नो दोस्रो कार्यकालमा नांगिएका थिए ।
लगानिकर्ताले नाफा गर्दा उनिहरुबाट गाँस काटेर भाग लिन अघी सर्ने तर घाटा हुँदा लगानिकर्ताले नै सम्पुर्ण घाटा बेहोर्नु पर्ने अन्याय यथावत छँदैछ। कमसेकम लगानिकर्ताको नुन खाएपछी नुनको सोझो गर्नु पर्दैन ? लगानिकर्ताले चाहेको बजारको बिकास र बिस्तारको लागी स्थिर र समय सापेक्ष निती नियम मात्र हो। बजारले अबिभावकत्व मात्र खोजेको छ। लगानिकर्ताले गरिखाने थालको सुरक्षा खोजेका छ्न् । यहाँ त नियामक निकाय देखी सबै थाल नै प्वाल पार्न तल्लिन छन् । सरोकारवाला निकायका तल देखी माथिल्लो तप्काका कसैमा पनि जिम्मेवारीबोध देखिएन ।
सेयर बजार बढ्नु पर्छ भन्ने लगानिकर्ताको माग हैन । बजारको आफ्नै गती हुन्छ सोही अनुरुप बजार चल्ने गर्दछ । यहाँ त सरोकारवारवाला निकायबाटै बजारलाई चलाउने, गिजोल्ने र लगानिकर्ता तर्साउने काम भैरहेको छ । खरिद तथा बिक्री, नाफा होस् या घाटा दुबै अवस्थामा लगानिकर्ताले चर्को ब्रोकर कमिशन, नेप्से कमिशन, सेबोन कमिशन, डिपी शुल्क बेहोर्दै आएका छन् तर अफसोच लगानिकर्ताको नुन खानेले नुनको सोझो मात्र नगरेको नभई बजार लाई चारैतिरबाट घेराबन्दीमा पारेर कालिदास पारामा हाँगा तिर बसेर फेद काट्ने काम भैरहेको प्रष्ट देखिन्छ।
सेयर बजारमा प्रत्यक्ष तथा अप्रत्यक्ष सरोकार राख्ने लाखौं लगनिकर्ताले अब आउने चुनावमा आफ्नो शक्ती प्रदर्शन गर्नेछन्। आफ्नो खाने थाल प्वाल पार्ने ब्याक्ती र पार्टीलाई पाखा लगाउनेछन्। “पुँजीबजार बिरोधी ब्याक्ती तथा राजनितिक दललाई आगामी चुनावमा नो भोट” अभियानमा एक्यबद्दता!
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK