काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले लगानीकर्ताहरुलाई बुझेर मात्रै सेयर बजारमा लगानी गर्न आग्रह गरेका छन् । बिहिबार अर्थसमितिमा भएको छलफलका क्रममा गभर्नर अधिकारीले यस्तो बताएका हुन् । उनले कोरोना महामारीको समयमा अन्यत्र लगानी नहुँदा सेयर बजारमा लगानी बढेको हुँदा बुझेर मात्रै लगानी गर्न आग्रह गरेका हुन् ।
साथै गभर्नर अधिकारीले सेयर बजारका बारेमा पब्लिक सचेतना बढाउनुपर्नेमा पनि जोड दिए । यस्तै सो कार्यक्रममा बोल्दै पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले बजारमा साना लगानीकर्ता घटेको बताए । ‘साना लगानीकर्ता घटे’ उनले भने ‘मार्जिन लोन पनि घट्यो ।’
सो कार्यक्रममा उनले राष्ट्र बैंकले सेबोनलाई नियन्त्रण गर्न भन्नुपर्नेसमेत बताएका छन् । साथै पूर्वअर्थमन्त्री पाण्डे स्वभाविक रुपमा मूल्य बढेको राम्रो भए पनि कसैले कार्टिलिङ त गरेको छैन भनेर हेर्नुपर्नेसमेत बताए ।
यस्तै सो कार्यक्रममा बोल्दै अर्थसचिव मधुकुमार मरासिनीले भने तीन वर्षमा सेयर बजारमा उछाल आएको बताएका छन् । ‘नेप्से परिसूचक ११ सयबाट १३ सय हुँदै २५ सयसम्म पुग्यो, फेरि ३२ सय पुगेर अहिले २५ सयको हाराहारीमा आइपुगेको छ’ उनले भने ‘यदि मार्जिन लोनको व्यवस्था नगरेको भए समस्या आउँथ्यो ।’
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्