×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘सेयर कारोबारीले चन्दा दिएन होला…त्यसको रिसमा प्रचण्डले पूँजीबजारलाई नै साम्राज्यवादीको विकसित रूप भने’ : ओली

PRIME CA

‘सेयर कारोबारीले चन्दा दिएन होला…त्यसको रिसमा प्रचण्डले पूँजीबजारलाई नै साम्राज्यवादीको विकसित रूप भने’ : ओली

२९ मंसिर २०७८, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले पूँजीबजार डुबाउनको लागि साम्राज्यवादीको विकसित रूप भनेको बताएका छन् । बुधबार एमालेका ४४ केन्द्रीय सदस्यहरुलाई शपथ ग्रहण गराउने कार्यक्रममा बोल्दै ओलीले प्रचण्डलाई चन्दा नपाए पूँजीबजार डुबाउनको लागि साम्राज्यवादीको विकसित रूप भनेको बताएका हुन् ।
अध्यक्ष ओलीले भने ‘कुन चैँ सेयर कारोबारीले चन्दा दिएन होला र त्यसको रिसमा प्रचण्डले गलत बोले ।’ आफूलाई लेनिनभन्दा दुई कदमअघि देखाउन खोज्दै प्रचन्डले सेयर बजारलाई साम्राज्यवादीको विकसित रुप भनेको आरोप लगाएका हुन् । ‘लेनिनले भनेका थिए– पुँजीवाद विकसित भएर साम्राज्यवाद हुन्छ,’ उनले भने ‘तर प्रचण्डले त सेयर बजारलाई साम्राज्यवादको विकसित रुप नै भनिदिए । यो गलत छ ।’
केही दिनअघि अध्यक्ष प्रचण्डले पुँजीको लगानी उद्योगधन्दामा हुनुपर्नेमा पुँजीबजारमा नै भइरहेको भन्दै यसलाई साम्राराज्यवादको विकसित रुप भएको टिप्पणी गरेका थिए । सेयर बजारमा चरम निराशा आएर लगानीकर्ताको सम्पत्ति साढे ११ खर्ब घटिसकेको वेला माओवादी अध्यक्ष दाहालले गरेको यस्तो टिप्पणीपछि सेयर बजार आइतबार र सोमबार नराम्री घटेको थियो ।
साथै उनले उत्पादनमूलक क्षेत्रमा लगाउनुपर्ने पुँजी धितोपत्र बजार, घरजग्गा कारोबार आदिमा जानु अर्थतन्त्रका लागि राम्रो नभएको बताए थिए । यस्तै उनले धितोपत्र, सट्टा बजार, अन्तर्राष्ट्रिय मुद्रा कोष, विश्व बैंक र एशियाली विकास बैंक सबै साम्राज्यवादका विकसित रुप भएको र यिनले ८० प्रतिशत नागरिकलाई भोको नांगो राखेर २० प्रतिशतलाई थप धनी बनाउँदै लगेको पनि जिकिर गरेका थिए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: