×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कार दुर्घटनामा बैंकका कर्मचारीको निधन !

PRIME CA
GLOBAL IME BANK

कार दुर्घटनामा बैंकका कर्मचारीको निधन !

१४ पुष २०७८, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । शाइन रेसुंगा डेभलपमेन्ट बैंकका एक कर्मचारीको निधन भएको छ । बैंकको लुम्बिनी प्रदेश प्रमुख तथा चार नम्बर शाखाका प्रबन्धक अनुराग पाण्डेको कपिलवस्तुको बाणगंगा नगरपालिका, ४ मा गए राती १० बजे कार दुर्घटना हुँदा निधन भएको हो ।
बाणगंगा नगरपालिका, २ पिपरा निवासी ३५ वर्षिय पाण्डेको उपचारका लागि बुटवल लैजाने क्रममा मृत्यु भएको जनाइएको छ । प्रहरीक अनुसार चारनम्बरबाट गोरुसिंगे जाने क्रममा बा ६ च ११६४ नम्बरको उनको कारलाई सुरुमा ट्रकले ठक्कर दिएको र कार पछि ना ५ ख ३३८७ नम्बरको बससंग ठोक्किएर दुर्घटना भएको हो ।
एक दशक बैकिङ क्षेत्रमा बिताएका पाण्डेले एकता विकास बैङ्कबाट बैंकिङ यात्रा सुरू गरेका थिए । उनी बैङ्कर्स क्लव बाणगंगाका अध्यक्षसमेत थिए । उक्त कारमा सवार घाइते अन्य २ जना सुदिप खनाल र राजेश शर्माको अवस्था पनि गम्भीर रहेको र दुवै जनाको अहिले बुटवलमा उपचार भईरहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: