काठमाडौँ । सामाजिक सञ्जालमा आम लगानीकर्ताका आदर्श पात्र बनेका शिव चन्द्र डोनले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूँजीबजारविरुद्द दिएको अभिव्यक्तिप्रति प्रश्न गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा एक स्ट्याटस लेख्दै प्रचण्डलाई पूँजीबजारको लगानी अनुत्पादक भए लुटेर, ठगेर, ढाँटेर, भ्रष्टाचार गरेर कमाएको चाहिं उत्पादक हो त कमरेड भनि प्रश्न गरेका हुन् । यदि त्यसो हो भने पूँजीबजार बन्द गरेर २५ लाख लगानीकर्तालाई जंगल पठाएर गुरिल्ला तालिम दिन पनि उनले स्ट्याटसमा लेखेका छन् ।
यस्तो छ उनको स्ट्याटस :
‘पुँजीबजारको लगानी अनुत्पादक भए लुटेर, ठगेर, ढाँटेर, भ्रष्टाचार गरेर कमाएको चाहिं उत्पादक हो त कमरेड ? यदि त्यसो हो भने पुँजीबजार बन्द गरेर २५ लाख लगानीकर्तालाई जंगल पठाएर गुरिल्ला तालिम दिनु पर्यो !’
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शनिवार माओवादी केन्द्रकै कार्यक्रममा पछिल्लो समय पूँजीको लगानी उद्योग र उत्पादनका क्षेत्रमा हुन छाडेर पुँजी बजारमा लगानी हुनु साम्राज्यवादको विकसित रुप भएको बताएका थिए । माओ र लेनिनको पालामा पूँजीको परिचालन यसरी नभएको बताए । ‘माओ र लेनिनको पालामा पूँजीको परिचालन यसरी हुने गर्दैनथ्यो त्यसैले उहाँहरुले यो कुरालाई विस्तृत देख्न पाउनुभएन’ उनले भने ‘अब हाम्रो काँधमा कसरी पूँजीबादलाई भण्डाफोर गर्ने भन्ने जिम्मेवारी आयो ।’
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्