काठमाडौँ । सामाजिक सञ्जालमा सक्रिय लगानीकर्ता शिवचन्द्र डोनले २१औं शताब्दीमा पूँजीबजारको विरोध गर्नेहरुको पतन निश्चित रहेको बताएका छन् । केहि दिन अघि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)लेसमेत पूँजीबजारको विरोध गरेपछि उनले सामाजिक सञ्जाल फेसबुकमा एक स्ट्याटस लेख्दै २१औं शताब्दीमा पूँजीबजारको विरोध गर्नेहरुको पतन निश्चित रहेको बताएका हुन् ।
साथै उनले ५५ अर्बको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) मा र्याल काट्नेहरुले जनताको मन जितेर विकासका आयोजनाहरु ल्याउने हो भने ५५ अर्बको साट्टो सयौं अर्ब रुपियाँ पूँजीबजारबाट जुट्ने पनि बताएका छन् । ‘५५ अर्बको MCC मा र्याल काट्नेहरुले जनताको मन जितेर बिकासका आयोजनाहरु ल्याउने हो भने ५५ अर्ब त के सयौं अर्ब पुँजीबजार बाटै जुट्नेछ’ उनले भने ।
यस्तो छ उनको स्ट्याटस :
‘२१औं सताब्दीमा पुँजी बजारको बिरोध गर्नेहरुको पतन निश्चित छ। ५५ अर्बको MCCमा र्याल काट्नेहरुले जनताको मन जितेर बिकासका आयोजनाहरु ल्याउने हो भने ५५ अर्ब त के सयौं अर्ब पुँजीबजार बाटै जुट्नेछ, चेतना भया’
पछिल्लो समय सेयर बजार निरन्तर ओरालो लागिरहेको छ । नियामकहरुले नै हस्तक्षेप गर्ने गरी नीति ल्याएको भन्दै लगानीकर्ताका संगठनहरु पनि एक जुट भएका छन् । उनीहरुले पूँजीबजार विरोधीलाई आगामी चुनावमा ‘नो भोट’को अभियानसमेत चलाएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्